-NRNA:प्रवासबाट मतदानको लागि अभियान गर्न २५ सदस्य कार्यदल २०१९ गठन

NRNA: प्रवासबाट मतदानको लागि अभियान गर्न २५ सदस्य कार्यदल २०१९ गठन

Hollywood Khabar April 01,2019 Comments

अमेरिका/अप्रिल २, २०१९

गैरआवासीय नेपाली संघले प्रवासबाट मतदान गर्न पाउने ब्यबस्था गर्नको लागि अभियान गर्न महासचिव डा बद्रि के सीको संयोजकत्वमा २५ सदस्य कार्यदल गठन गरिएको छ।

संघको १५ औं आइइएस बैठकको निर्याय अनुसार संघको सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी गठन गरिएको कार्यदल २०१९ को सदस्य सचिवमा संघका बेलायतबाट आइसिसि सदस्य रामशरण सिमखडा रहनुभएको छ। कार्यदलले आफ्नो अवधारण समेत तयार गरि अन्तरिक रुपमा संचार गरेको छ।

नेपाल बाहिर ठूलो संख्यामा रहेका नेपालीहरुलाई मतदानबाट वन्चित हुन नपरोस भनेर २०१२ देखि संघले यो अभियान सुरु गरेको थियो। विश्वभरि छरिएर रहेका नेपालीहरुलाई समेट्दै लगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) नै यो अभियानको लागि उपयुक्त संस्था भएको कुरा अवधारणामा बताइएको छ।

नेपाल बाहिर रहेका नेपालीहरुको लागि मतदानबाट बन्चित हुन नपरोस भनेर नेपालको सर्वोच्च अदालतबाट नेपाल सरकारको नाममा जाहेर गरेको मरामादेश अनुरुप नेपाल सरकारका संबन्धित मन्त्रालय, निकाय, राजनैतिक दल, सरोकारवालाहरुसंग यो कार्यदलले छलफल, लविङ्ग र सल्लाह-सुझाव समेत गर्ने छ। यसको कार्यान्यनको लागि केन्द्रिय स्तरमा सर्वदलिय राजनैतिक संयन्त्र समेत बनाइने कुरा छ।

कार्यदलले अप्रिल २०१९ भित्रमा केन्द्रिय स्तरमा संयन्त्र निर्माण गरि MOU समेत जारि गरिनेछ। यसका अवला जुलाई २०१९ भित्रमा महादेशीय स्तरमा आवश्यक छलफल र संघका सबै एनसीसीहरुमा समेत छलफलको लागि सर्कुलर गरिने बताइएको छ।

कार्यदलमा केन्द्रिय अध्यक्ष, अग्रजहरुलाई आवश्यक परामर्श गरिने र क्षेत्रीय संयोजकहरु आमन्न्त्रित सदस्य रहने गरि निम्न ब्यक्तिहरु सदस्य रहेको कार्यदल गठन गरिएको छ।

१. डा बद्रि के सी- चेयर- केन्द्रिय महासचिव-गैरआवासीय नेपाली संघ

२. रामशरण सिमखडा-सदस्य साचिव- केन्द्रिय सदस्य- गैरआवासीय नेपाली संघ

३. सोनाम लामा -पूर्व क्षेत्रीय संयोजक - गैरआवासीय नेपाली संघ, अमेरिकाज

४. लोक दाहाल- गैरआवासीय नेपाली संघ एनसीसी अध्यक्ष, बेल्जियम

५. चिन्तामणि सापकोटा- गैरआवासीय नेपाली संघ एनसीसी अध्यक्ष, स्पेन

६. रिटायर्ड मेजर खुशीमान गुरुङ - गैरआवासीय नेपाली संघ एनसीसी सल्लाहकार, यूके

७. बिनोद भट्टराई - गैरआवासीय नेपाली संघ केन्द्रिय सदस्य, कतार

८. राजु सायद - सामाजिक अभियन्ता, कतार

९. कृष्ण तिमल्सिना- गैरआवासीय नेपाली संघ एनसीसी सल्लाहकार, यूके

१०. प्रकाश पुन- गैरआवासीय नेपाली संघ पूर्व केन्द्रिय कोषाध्यक्ष

११. दिनेश जोशी- गैरआवासीय नेपाली संघ केन्द्रिय सदस्य, अष्ट्रेलिया

१२. खेगेन्द्र जि सी, क्षेत्री- गैरआवासीय नेपाली संघ एनसीसी अमेरिका पूर्व अध्यक्ष

१३. संजय थापा- गैरआवासीय नेपाली संघ एनसीसी अमेरिका सदस्य

१४. रमेश थापा-सामाजिक अभियन्ता, क्यानाडा

१५. सुनिक कार्की- गैरआवासीय नेपाली संघ क्षेत्रीय संयोजक, अफ्रिका

१६. नवराज रोस्यारा- गैरआवासीय नेपाली संघ एनसीसी पूर्व अध्यक्ष, जर्मनी

१७. निमेश गिरी- गैरआवासीय नेपाली संघ एनसीसी सदस्य, यूएइ

१८. रमेश पाण्डे- गैरआवासीय नेपाली संघ, अष्ट्रेलिया

१९. विश्व राइ- गैरआवासीय नेपाली संघ केन्द्रिय सदस्य, मलेशिया

२०. नारायण घिमिरे- गैरआवासीय नेपाली संघ, क्यानाडा

२१. कृष्ण संजेल-के सी- गैरआवासीय नेपाली संघ-अमेरिकाज

२२. गोविन्द वेल्वासी- गैरआवासीय नेपाली संघ, यूके

२३. सीता सापकोटा- गैरआवासीय नेपाली संघ, बेल्जियम

२४. सन्तोष भट्टराई- गैरआवासीय नेपाली संघ, जर्मनी

२५. सन्नी कुमार वोली- गैरआवासीय नेपाली संघ, कतार

कार्यदलको सल्लाहकारहरु:

भबन भट्ट- अध्यक्ष- गैरआवासीय नेपाली संघ

जीवा लामीछाने- प्रमूख संरक्षक, पूर्व अध्यक्ष-गैरआवासीय नेपाली संघ

शेर बहादुर के सी- सल्लाहकार, गैरआवासीय नेपाली संघ

डा सूर्य पाठक - सल्लाहकार - गैरआवासीय नेपाली संघ

टिकाराम भट्टराई-बरिष्ठ कानुनविद