-नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म हुने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म हुने

Hollywood Khabar June 12,2021 Comments

नेपाली कांग्रेस पार्टीले आफ्नो पार्टीको १४ औं महाधिवेशन आगामी भदौ १६-१९ गतेसम्म गर्ने निर्णय केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने समझदारी भएको बताइएको छ।

नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बूढानीलकण्ठमा जुन १२, २०२१ शनिबार बसेको पदाधिकारी, पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो। पूर्वर्निधारित कार्यतालिकामा संशोधन गरेर १४ औं महाधिवेशनको पर सार्ने प्रस्ताव गरिएको छ।

अब सो प्रस्ताव नेपाली कांग्रेस पार्टीको आगामी केन्द्रिय समिति बैठकमा लैजाने निर्णय गरिएको हो। तर महाधिवेशन भने काठमाडौंमा नै गर्ने निर्णय भएको छ। कोरोना भाइरसको महामारीका कारण महाधिवेशन सार्नु परेता पनि विकल्प नभएकाले कुनै पनि हालतमा गर्नुपर्ने जानकारी गराइएको छ।