Hollywoodkhabar advertisement

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सार्न छलफल

-नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सार्न छलफल

नेपाली कांग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशनको तिथिमितीमा हेरफेर हुने तयारी गरिएको बिझिएको छ।

पार्टीको बुढानिलकण्ठस्थित प्रधानमन्त्री एवं पार्टी सभापति शेर बहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका हेरफेर गर्ने सम्बन्धमा छलफल भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

यो बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समिति र क्रियाशील सदस्यता छानविन, समितिका संयोजकले प्रारम्भिक प्रतिवेदन पेश गरेका थिए। दुवै प्रतिवेदनमाथि छलफलपश्चात शनिबार पुनःबस्ने पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका हेरफेर गर्ने सम्बन्धमा आवश्यक निणर्य लिन सक्ने उनले बताए।

प्रवक्ता शर्माले सहमतिबाटै महाधिवेशनको अन्य कार्यतालिकाका बारेमा आवश्यक निर्णय गर्ने जिकिर गरे। कांग्रेसले क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि गत असार ३० गतेभित्र तोकेको थियो ।

केही जिल्लाको विवादका कारण उक्त कार्य अहिलेसम्म सम्पन्न हुन नसकेकाले पनि महाधिवेशन तालिका प्रभावित हुने निश्चित छ। कांग्रेसको गत असार ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरिसकेको छ।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----