Hollywoodkhabar advertisement

कांग्रेसको क्रियाशील सदस्यता विवादित छानविन गर्न २४ घण्टे कमिटी

-कांग्रेसको क्रियाशील सदस्यता विवादित छानविन गर्न २४ घण्टे कमिटी

नेपाली कांग्रेस पार्टीले पार्टीको ८ लाख ५२ हजार भन्दा धेरै क्रियाशील सदस्यता र बाँकी विवाद टुंगो लगाउन क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टा भित्रमा रिपोर्ट दिन जिम्मा दिएको छ।

जुलाई २८, २०२१ बुधबार बसेको कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४ घण्टाभित्र बाँकी रहेको काम पूरा गर्न जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। समितिले बिहीबारसम्म अध्ययन गरेर प्रतिवेदन बुझाएपछि पार्टी केन्द्रीय कमिटीले निर्धारण गरेर अन्तिम रुप दिने कुरा उनले बताए।

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पार्टी नेतृत्वसमक्ष प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्। त्यस्तै कांग्रेसले कोरोनाको अवस्थाको हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा निर्णय लिने भएको छ।

प्रवक्ता शर्माले कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग पनि छलफल गरिने बताए। तर अहिले नै महाधिवेशनको कार्यतालिका परिवर्तनका सन्दर्भमा कुनै निर्णय नभएको उनको भनाइ थियो। अर्को बैठक बिहीबार दिउँसो २ बजे फेरि बस्ने प्रवक्ता शर्माले जानकारी दिए।

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----