--राजन सुबेदी/वस्लो/नर्वे/४/१४/१९

नेपाली कांग्रेस र यसका विदेश स्थित रहेका जनम्पर्क समिति, साथमा नर्वेका कुरा

Hollywood Khabar April 13,2019 Comments

-राजन सुबेदी/वस्लो/नर्वे/४/१४/१९

सन् १९४७ काे जनावरी अन्तयतिरबाट नेपाली राष्ट्रिय कांग्रेकाे नामबाट स्थापना भएकाे बर्तमान नेपाली कांग्रेसले संस्थापक नेता राष्ट्रिय व्यक्तित्व बिपी केईरालाकाे नामकाे राजनिती धेरै गरेकाे र बिचारकाे राजनिती गर्न नसकेकाे अवस्था स्पस्टै नै छ।

हरेकले आफ्नाे काम गर्ने, सबै काममा तल्लिन रहने र सबै सन्तुष्ट हुने कमिला र माहुरीकाे जस्ताे उच्च नैसर्गिक सामाजिक स्वभाव भएकाे एउटा समाज, जसले समाजवादी सिद्दान्तकाे राम्राे उदाहारणा दिन सकाेस भन्ने परिकल्पना गरेका स्वर्गिय महामानव बिपी काेईरालाकाे समाजवादी सिद्दान्त आज नेपाली कांग्रेसकाे नारामामात्र सिमित छ ।

समाज बिकासकाे लागि भन्दापनि व्यक्ति बिकासकाे लागि कांग्रेसीहरू लागिपरेकाे देखिन्छ। कांग्रेस मृत प्राय छ। बिपी ले त्यतिबेलानै भनेका थिय जब देशमा प्रजातन्त्र अाउँछ पार्टीमा सुकिला लुगालगाउनेहरूकाे हाबि हुन्छ । आज याे भनाई चरिथार्थ भएकाे छ ।विचारणीय भन्दा बित्तिय राजनिति फस्टाएकाे छ कांग्रेसमा। समयकाे परिवर्तन सँगै अग्रजहरूकाे सपनालाई परिमार्जन गरेर एउटा सार्थक समाजकाे निर्माण गर्ने दिशातिर नेपाली कांग्रसले हेर्न र साेच्न सकेकाे छैन। व्यक्तिगत बित्तिय बिकासमा नै रूमलिएकाे छ कांग्रसकाे वर्तमान राजनिती । यद्यपी कांग्रेसमा अाशाकाे किरणाका रूपमा केही युवानेताहरू नभएका भने हाेईनन्। जस्ले बिपीकाे समाजबादलाई अाधुनिक समाजमा मिसाएर नयाँ समाजबादी समाजकाे निर्माण गर्न सक्ने क्षमता राख्दछन् तर माैका पाएका छैनन् ।

राष्ट्रियता प्रजातन्त्र र समाजबादकाे मूल नारा बाेक्ने नेपाली कांग्रेसमा आज व्यबाहारिकतामा न राष्ट्रियताकाे झल्काे देखिन्छ न समाजवादकाे उद्देश्य । देशमा प्रजातन्त्र वहालीकाे लागि कांग्रसले ठुलाे याेगदान दिएकाे छ । कांग्रसकाे एजेण्डाले आफूहरूकाे हितहुने सपना देखेर नेपाली जनतालेपनि कांग्रेसलाई विश्वास गरेकै थिए। तर कांग्रसीहरूमा खै कस्ताे भूत प्रवेश गरेछ कुन्नि संस्थाकाे हितकाे दिशामा भन्दापनि व्यक्तिगत अहमताकाे संरक्षणकाे दिशामा पार्टी जान थालेकाे छ। निर्णायक तहमा भएकाहरूनै अापसी अहमताकाे कुस्ती खेलिरहेका छन् । जसकाे फलस्वरूप पार्टीमा गुट र उपगुटकाे श्रृजना गराईएकाे छ। कांग्रेसकाे स्थापनाकाल देखि देश र जनताकाेलागि लगभग पूरै जिवन सपर्पित गरेका नेताहरू आज सत्ता र कुर्चिकाे माेहमा रूमलिएका छन् । यहिकारणले पछिल्लाे चुनावमा कांग्रसले जनताकाे विश्वास गुमायाे।

नेपालमा बि पिले कल्पना गरेकाे जस्ताे समाजवादकाे प्रयाेग गर्ने हाे भने नेपाली कांग्रसले आफूलाई परिवर्तन गरेर अगाडि बढ्नु जरूरी देखिन्छ। नेतृत्वतहमा बसेकाहरूले एकपटक पार्टीगत र व्यक्तिगत समिक्षा गर्नु पर्ने देखिन्छ। पार्टीले मालाई याे दिनपर्छ भन्ने भन्दा मैले पार्टीलाई याे दिनसक्छु भनेर भन्न सक्नुपर्ने वेला आएकाे छ । आफूले पार्टीमा बसेर देश र जनताका लागि गरेकाे संघर्षहरूकाे व्याज पार्टीबाट असुल्ने मानसिकता त्यागेर पार्टीलाई नयाँ ढङ्गले अगाडि बाडाउनकाे लागि नयाँ पुस्तालाई नेतृत्व सुम्पन सक्नु पर्दछ ।

उर्जा, उत्साह र अथक कर्मशक्ति बाेकेर आएका युवाहरूलाई नेतृत्व सुम्पेर आफ्ना भाेगाईका ज्ञानहरूले युवापुस्तालाई मार्गदर्शन गर्न सक्नु पर्दछ। थकित नेतृत्व संरक्षककाे रूपमा बसेर युवाहरूसंगकाे सहकार्यमा पार्टीलाई सहि मार्गमा लैजान सक्नु आजकाे अपरिहार्य आवस्यकता हाे। यसाे गरियाे भने स्वर्गिय बि पिकाे समाजवादकाे सपना जनताकाे अांगनमा नयाँ विहानी बनेर पुग्ने छ । पछिल्लाे चुनावकाे नतिजा हेर्दापनि बामपन्थि र प्रजातान्त्रिक बिचकाे मतान्तर ठूलाे छैन। त्यसैले कांग्रेस भन्दा कांग्रसीहरू ब्यूँझिन पर्याे । जनताले आगामी चुनावमा नयाँ कांग्रेस चाहेका छन् ।

नेपाली कांग्रेसकाे भातृ संस्थाकाे रूपमा सन् १९७६ मा भारतबाट सुरू गरिएकाे नेपाली जनसम्पर्क समिती अाज विश्वकाे धेरै मुलुकमा फैलिएकाे छ ।नेपाली कांग्रेसकाे केन्द्रिय अधिवेशन नजिकिदै गर्दा बिभिन्न देशहरूमा जनसम्पर्क समितीकाे आन्तिरिक अधिवेशनहरू हुने क्रममा छन्। समाज परिवर्तनका लागि पहिले आफू परिवर्तन भएर देखाउन जरूरी छ भन्ने मान्यता बाेकेका युवा राजनितीकर्मिहरूले जनसम्पर्क समितीकाे अधिवेशनलाई निकै चासाेका साथ हेरेकाे बुझिन्छ । नेपाली कांग्रेसले आफूलाई सुधार्ने माैकापनि यही हाे। पार्टीकाे तल्लाे तह देखी नयाँ साेचकाे विकाश गराउन सकेकाे खण्डमा अागामी चुनावमा कांग्रेसकाे बिजय अभिछिन्न छ ।

संसारमा सबैभन्नदा खुशी जनताकाे देश भनेर चिनिने नर्वेमा पनि यही आउँदाे अप्रिल २८ मा नेपली जनसम्पर्क समितीकाे अधिवेशन हुन गईरहेकाे छ। समाजबादकाे राम्राे उदाहारण बाेकेकाे देशमा बसाेबास गर्ने र समाजवादी चिन्तन बाेकेका नेपालीहरूले कस्ताे किसिमकाे नेतृत्व चयन गर्नेछन् त भन्ने उत्सुकता नर्वेमा मात्र नभएर पुरै यूराेप र अमेरीकाम बसाेबास गर्ने प्रजातान्त्रिक नेपालीहरूमा छायकाे छ । नर्वेकाे अधिवेशन कांग्रेसकाे केन्द्रमा पनि चासाे र जिज्ञाशाकाे बिषय बनेकाे कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।

नयाँ साेचका साथ पार्टीमा अगाडि बढेका यूवाहरूकाे बिश्वासीला प्रतिनिधी कांग्रेस केन्द्रिय समिति सदस्य श्री गगन कुमार थापाकाे प्रमुख आतित्थ्यमा अधिबेशन आयाेजना गरीनुले पनि यसकाे महत्त्व र चासाे अझै बृहत गराएकाे छ। यसैकारणले पनि नर्वेमा हुन लागेकाे जनसम्पर्क समितीकाे अधिवेशन चारैतिर चर्चा र चासाेकाे बिषय बनेकाे छ। पार्टीलाई नयाँ रूप र दिशामा लानकाे लागि नेतृत्वमात्र हैन कार्यकर्ताहरूपनि सचेत हुन जरूरी छ । क्षमाता भएका तर माैका नपाएका र माैका पाएका तर क्षमता नभएका उमेदवारहरू बिचकाे फरक छुट्याउने जिम्मेवारी कार्यकर्ताहरूकाे हाे।

नेपाली कांग्रसकाे बिडम्वना नै भन्नु पर्दछ कि थाकेर शिथिलभएका व्यक्तिहरूले नेतृत्व ओगटेका छन् र कर्मठ क्षमतावान युवाहरूलाई सहमतीकाे नाममा माैका नै दिदैनन् ।सकभर त्यस्ता व्यक्तिहरूलाई कार्यसमिती भन्दा बाहिर पार्ने षढयन्त्रहरू रचिन्छन् ।केन्द्रमा मात्र नभएर यस्ताे कार्य अन्य तल्लाेतहकाे कार्यसमिती गठन प्रकृयामा पनि देखिने गरेकाे छ ।

नर्वेमा भएकाे पछिल्लाे अधिवेशनलाई नियाल्ने हाे भने कता कता यस्तै भएकाे देखिन्छ । नयाँ दृष्टि र याेजना लिएर मैदानमा आउन चहाने व्यक्तिहरूलाई सहमतीकाे बहानामा पछि धकेलीएकाे देखिन्छ ।

याे परिपाटीलाई बदल्नकाे लागि नेपाली कांग्रेसकाे तल्लाे तह र तप्काका अधिवेशनहरू परिवर्तित रूपमा अगाडि बढ्न जरूरी छ । जुन कांग्रेस र कांग्रेसीहरूकाे प्रमुख चुनाैती पनि हाे । गुटबाद मा नभई एकतामा विश्वास रखेर पार्टीलाई अगाडि लाने दायित्व प्रत्येक सदस्यकाे पनि हाे । आफू परिवर्तित हुन नचाहाने अनि अरूलाई अाैंला देखाउने परिपाटी जहिलेसम्म हामिले त्यागदैनाै पार्टी र देशले गति लिन नसक्ने कुरा निश्चित छ ।

सहमतिय राजनिती समयकाे माग अनुसार हुनु जरूरी पनि हुन्छ तर सहमतिकाे नाममा प्रतिस्पर्धा हुन नदिनु र गराईन नखाेज्नु प्रजातान्त्रिक पद्धतीकाे बिराेध हाे । नेपाली कांग्रेस जस्ताे पार्टीलाई यस्ताे कृयाकलषले श्वभा दिदैन। उमेदवारी दिन चहाने सम्पूर्ण सदस्यहरूले चुनावी मैदानमा उत्रिने अवसर पाउनु पर्दछ । उमेदवारकाे क्षमता र कार्ययाेजनाका अाधारमा सदस्यहरूले सक्षम नेतृत्वकाे चयन गर्नु पर्दछ ।

यसै बिश्वासका साथ मैले पनि जनसम्पर्क समिती नर्वेकाे आगामी अधिवेशनबाट नयाँ बन्ने कार्यसमितीकाे अध्यक्ष पदमा अाफ्ना कार्ययाेजनाका साथ यस अगाडिनै दाबेदारी प्रस्तुत गरिसकेकाे छु। यथास्थितिबादकाे सिद्दान्त बाेकेर जनसम्पर्क समितीलाई यही अवस्थामा राख्ने कि नयाँ स्वरूप र ढाँचामा अगाडि बढाउने भन्ने निर्णय वर्तमान कार्य समिती, सल्लाहकारहरू र आम सदस्यहरूकाे हातमा छ।

स्मरणिय रहाेस् अहिले सम्म अध्यक्ष पदकाे लागी म बाहेक वर्तमान महामन्त्रि कबिन्द्र ढकालकाे दाबेदारी परेकाे छ भने वर्तमान अध्यक्ष जितेन्द्र शाही पनि पुनः अर्काे कार्यकालकाे लागि ईच्छुक रहेकाे संकेतहरू देखापरेका छ।

तर सानाे समाज र थाेरै सदस्यहरू भएकाे कारणा सबैलाई मिलाएर अगाडि बढाउन पर्छ भन्ने मान्यताका साथ केहि साथिहरू सहमितकाे प्रयासमा भएकाे बुझिएकाे छ। सहमतिकाे नाममा के कस्ताे खेलहरूकाे प्रयास गरिने हाे या हुने हाे त्याे अब केहिदिनमै बाहिर अाउने अनुमान लगाउन सकिन्छ । मराे प्रयास जनसम्पर्क समिती नर्वेलाई प्रजातान्त्रिक अभ्यास र मान्यता बाट नयाँ र सक्षम नेतृत्व दिलाउने रहने छ ।

***पंतिकार सुबेदी जनसम्पर्क समिती नर्वेकाे अध्यक्ष पदका दावेदार पनि हुन्