Hollywoodkhabar advertisement

नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने

-नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने
0
shares

नेपाली कांग्रेस पार्टीले नेपालको वर्तमान केपी ओली सरकारका विरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ। पार्टीका कार्यकारी सचिवालय र केहि थप नेताहरु समेतको डिसेम्बर ४, २०२० शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहारको बिरोध गरेको बताइएको छ। यसका साथै कोभिड १९ व्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर मंसिर २९ गते देशाबरिका ७७ वटै जिल्लामै बिरोध प्रदर्शन गर्ने निर्णय भएको बताइएको छ।