हरेक नेपालीको मनमा एउटा प्रश्न उठेको हुन्छ। नेपाल किन भारतसँग जहिले पनि हार्नुपर्ने, किन उसले भएंको अनुसार हुनुपर्ने इत्यादि। प्रश्न धेरै होलान तर जवाफ एउटा मात्र छ, एउटा सच्चा नेतृत्वको अभाव हुनु।
नेपालको राजनैतिक पार्टी र सरकारहरुको अकर्मन्यताका कारण नेपालले गुमाएको भुमी नेपालमा फर्केला त्यो भने अब संभव देखिएको छैन। देशको रक्षा र राष्ट्रियताका सवालमा सत्ता र प्रतिपक्ष एक हुनुपर्नेमा देश बेच्नको लागि चाहिं दुवै पार्टी एक भएको प्रष्ट देखिएको छ।
नेपालको नयाँ नक्सा सहित ब्याख्या गर्ने प्रस्तावित संसदीय एजेण्डा छलफलको सूचीबाट हटाउने सत्ता होइन विपक्ष नेपाली काँगेस एक तह अगाडि गयो। प्रतिनिधिसभाले बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेस गर्ने कार्यसूची मंगलबार नै प्रकाशित गरेको थियो। तर नेपाली काँगेसको कारण छलफल हुन सकेन।
संसद सचिवायलयले संविधान संशोधन विधेयक कार्यसूचीबाट हट्नुमा प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय कार्यसमितिलाइ उदृत गरेको छ। सचिवालयले काँग्रेसले संविधान संशोधनको विधेयक नराख्न आग्रह गरेको सचिवालयले बताएको छ। आफूलाई जोगाउन नेपाली काँगेसले भने जेठ १४ गतेका लागि बैठक र सम्भावित कार्यसूची नै नबनेको भन्ने विज्ञप्ति दिएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...