-अमेरिकाका लागि नेपाली महामहिम राजदुत डा युवराज खतिवडा

नेपाली राजदूतावासद्वारा बोस्टनमा २०० भन्दा धेरै निवेदकहरुलाई घुम्ती कन्सुलर सेवा प्रदान

Hollywood Khabar September 26,2021 Comments

हलिउडखबर, सेप्टेम्बर २६, २०२१

अमेरिकाको म्यासाच्यूसेट्स राज्यको बोस्टनमा संचालन गरिएको घुम्ती कन्सुलर सेवा शिविरबाट २०० भन्दा धेरै निवेदकहरुलाई सेवा प्रदान गरिएको कुरा नेपाली राजदुतावासले जनाएको छ।

नेपाली राजदुतावास, वाशिङ्गटन, डि.सी. ले म्यासाच्यूसेट्स राज्यको बोस्टन शहरस्थित म्यासाच्यूसेट्स, न्यु ह्याम्सायर, रोड आइल्याण्ड, भर्मोन्ट, मेन, कनेक्टिकट क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गरिएको हो। सेप्टेम्बर २५-२६, २०२१ गरी २ दिने उक्त सेवाबाट २०० भन्दा धेरै निवेदकोहरुलाई सेवा प्रदान गरिएको कुरा नेपाली राजदुतावासले जनाएको छ।

सेवा प्रदान गर्न अमेरिकाका लागि नेपाली महामहिम राजदुत डा युवराज खतिवडा स्वयं र दुवावासका कुमार राज खरेल (डिसिएम), होम कान्त भण्डारी (इकोनोमिक कन्सुलर), जनक सिंह (थर्ड सेक्रेटरी), रामजी दाहाल (कर्मचारी) जानु भएको थियो। नेपाली राज दुवावासले सो सेवा प्रदान गर्न पाउँदा अत्यन्तै खुशी लागेको र सहयोग गर्ने सम्पूर्ण नेपाली समुदायहरुलाइ धन्यवास समेत ज्ञापन गरेको छ।

कन्सुलर सेवा शिविरबाट प्रवाह गरिएका सेवाहरु

क) राहदानी नविकरण (अगष्ट २०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने)

ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)

ग) अधिकृत वारेसनामा (Power of Attorney)

घ) कागजात प्रमाणिकरण (Attestation)

ङ) एकतर्फी यात्रा अनुमतिपत्र (One way Travel Document)

च) पर्यटक भिषा (Tourist Visa)

नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. संबन्धि समाचारहरु:

नेपाली राजदूतावासले बोस्टनमा घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्दै

म्यासाच्यूसेट्स राज्यको बोस्टनमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना –

Embassy of Nepal, Washington DC, USA

क्यालिफोर्निया: लस एन्जलस र सान फ्रान्सिस्कोमा घुम्ती कन्सुलर सेवा संचालन हुँदै

नेपाली राजदूतावासको कन्सुलर सेवा तथा ब्रेनगेन कार्यक्रम अगष्ट ७-८ वासिङ्गटन स्टेट सियाटलमा

ब्रेन गेन कार्यक्रमको यूट्यूब भिडियोhttps://studio.youtube.com/video/oegn-0xx7WM/edit?c=UC4ADrlKUkh46Sth795Tiz2A

अमेरिकामा पहिलो पटक नेपाली राजदूत कप गल्फ प्रतियोगिता हुँदै

दुताबास, महावाणिज्यदूत ढकाल र NANC को संयुक्त आयोजनामा सान फ्रान्सिस्कोमा कन्सुलर सेवा

https://www.hollywoodkhabar.com/nepal-businessforum-acsherpa2019बाणिज्यदुत शेर्पाको आयोजनामा बिजनेश सम्मेलन हुँदै, महामहिम डा कार्की प्रमुख अतिथि, गभर्नर बिशेष अतिथि

नेपाली दुतावास अमेरिकाको Outreach Program क्यालिफोर्नियामा