नेपाल सरकारले आगामी महिना संसद्को हिउँदे अधिवेशनका लागि तयारी गर्दै गरेको छ।नेपालको संबैधानिक प्रावधान अनुसार दुइ अधिवेशनको ज्ञाप ६ महिना मात्र राखेको छ। त्यसैले संसद सचिवालयले सुरक्षित रुपमा संसद चलाउन स्वास्थ्य सुरक्षाका कुराको तयारी गर्दै गरेको छ।
गत वैशाखको बजेट अधिवेशन असार १८ मा समापन गरिएको थियो। यो पटक संसदले राजदूत नियुक्ति, नागरिकताको संसोधन बिधेयकको समेत छलफल गर्नेछ। नागरिकताको बिधेयकमा गैरआवासीय नेपाली नागरिकताको समेत ब्यबस्था रहेको छ।गैरआवासीय नेपालीहरुले यो नागरिकताको प्राप्तिसंगै राजनैतिक अधिकार बाहेक सबै अधिकार सहितको प्राप्ति गर्नेछन।