-कांग्रेसको परिपत्रले जनसम्पर्क समितिहरु खाडी मुलुकमा सिमित हुने:गुरुङ

कांग्रेसको परिपत्रले जनसम्पर्क समितिहरु खाडी मुलुकमा सिमित हुने:गुरुङ

Hollywood Khabar February 21,2020 Comments

कृष्ण के सी अमेरिका/२/२१/२०

नेपाली कांग्रेसले हालै गरेको परिपत्रले नेपाली कांग्रेसको जनसम्पर्क समितिहरु खाडी मुलुकमा सिमित हुने अबस्था देखिएको कुरा पार्टी नेता धनराज गुरुङले बताएका छन्।

गुरुङले आफू अमेरिकाको यात्रामा रहेका बेला यस्तो बिचार ट्वीट गरेका हुन्। गुरुंगलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले युवाहरुको सम्मेलन गर्ने भनेर बोलाएको हो। भलै सो सम्मेलनमा आम पत्रकार र संचार जगतलाई आमन्त्रण गरिएको छैन।

करिब एक महिना पहिला नेपाली काँग्रेस पार्टीले उपरान्त देखि पार्टीको क्रियाशील सदस्यताबाट मात्र जनसम्पर्क समिति चलाउने निर्णय गरेता पनि परिपत्र भने भर्खर पठाएको हो। परिपत्र अनुसार पार्टीको क्रियाशील सदस्यता मात्र वितरण गर्ने र सोहि अनुरुप अधिवेशन गरेर जाने पत्र उल्लेख छ। पार्टीको साधारण सदस्यता दिने ब्यबस्था उल्लेख गरिएको छैन।

विश्वका १६ देशका लागि गरिएको पार्टीको यो निर्णयले नेपाली जनसम्पर्क समिति अमेरिका सहित सबैमा भुकम्प गएको छ। केन्द्रिय कार्य समितिका बहुमत पधाधिकारी र सदस्यहरुले अधिवेशनको आयोजक भएता पनि सदस्यता भने नपाउने भएका छन्। दुनियाँमा यो नै पहिलो अधिवेशन होला जहाँ आयोजक नै सदस्यता बिनाका हुनेछन।

यसै कुरालाई लिएर नेपाली काँग्रेसका युवा नेता धन राज गुरुङले आफ्नो बिचार दिएका हुन्। उनको ट्वीट गरिएको बिचारको प्रति:

विदेश स्थित नेपाली जनसम्पर्क समितिहरुले नेपाली कांग्रेसको संगठन विस्तरसँगै मुलुकलाई अफ्ठ्यारो परेको वेलामा आर्थिक सहयोग गर्दै आइरहेको कुरा जगजाहेर छ। जनसम्पर्क समितिहरुको संदर्भमा कांग्रेसले हालै गरेको परिपत्रले कांग्रेसको जनसम्पर्क समितिहरु खाडी मुलुकमा सिमित हुने अबस्था देखियो।