-ओमानबाट फर्कने नेपालीको पहिलो फ्लाइट जुन १५ मा, नेपाली राजदूतावासको सूचना सहित

ओमानबाट फर्कने नेपालीको पहिलो फ्लाइट जुन १५ मा, नेपाली राजदूतावासको सूचना सहित

Hollywood Khabar June 08,2020 Comments

नेपाली राजदूतावास ओमानले कोभिड १९ को संक्रमणका कारण असहज भएका कारण स्वदेश फर्कनु पर्ने नेपालीहरुको लागि एक सूचना जारी गरेको छ।

जुन ९, २०२० मंगलबार नेपाली राजदूतावास ओमानले जारी गरको सूचना अनुसार स्वदेश फर्कनु पर्ने नेपालीहरुले तोकिएको मापदण्ड अनुरुप प्राथमिकताका आधारमा ७ दिन भित्रको कोरोना टेस्टको रिपोर्ट सहित नाम टिपाउन भनेको छ।

ओमानबाट नेपाल फर्कने नेपालीहरुको पहिलो उडान जुन १५, २०२० मा हुनेछ। स्वदेश फर्कनको लागि भाडा प्रतिव्यक्ति ११५ ओमानी रियल तोकिएको कुरा पनि सूचनामा जनाइएको छ। संबन्धित सबैले कोभिड १९ को PCR टेष्टको रिपोर्ट अनुसार फ्लाइट हुने भएकोले सो रिपोर्ट तयार गरन समेत भनेको छ।

नेगेटिभ रिपोर्ट आउनेहरुले सलाम एयरको कस्टमर सर्भिस सेन्टरको नम्बर २४२७२२२२ मा सम्पर्क गरि जानकारी लिएर टिकेट खरिद गर्नुपर्नेछ। त्यसैगरी थप जानकारी लिनुपरेमा भने ७१५९२४९० या ७१५९२५०६ अथवा ७१५३०८४० मा सम्पर्क गर्नको लागि भनिएको छ।

नेपालीहरुलाई स्वदेश फर्कनको लागि नेपाली महामाहिम राजदुत र दूतावासको ठूलो योगदान रहेको कुरा गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो। प्रवक्ता क्षेत्रीका अनुसार पहिलो फ्लाइट जुन १५ मा हुनेछ। यो फ्लाइटबाट नेपाल पुगेका र परिक्षण पछि नेगेटिभ रिपोर्ट आएकाहरुले घर जान पाउने छन्। तर उनीहरुले घरमा गएर सेल्फ आइसोलेशनमा बस्नु पर्नेछ।

कृष्ण के सी

उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

जुन ९, २०२०