-Krishna KC

कोरोना भाइरसका कारण नेपालीहरुका कार्यक्रमहरु भटाभट क्यान्सिल

Hollywood Khabar March 04,2020 Comments

कृष्ण के सी/अमेरिका/३/५/२०

गत हप्ता म आफू स्वयंले एउटा छलफल-कुराकानीमा कोरोना भाइरसको संक्रमणका कारण तत्काल नेपालीहरुका धेरै कार्यक्रम र भेटघाट बन्द गर्नु पर्ने तर्क गरेको थिएँ। त्यसलाई फेसबुकमा पनि पोष्ट गरेको नै थिएँ।

धेरै अध्ययन र कोरोना भाइरसबारे अमेरिकी सरकार र यहाँका स्वास्थ्य विज्ञहरुले दिएको जानकारी समेतलाइ हेरेर सो कुरा गरेको थिएँ। हुन त कतिपयले नेपालमा चलाइएको लजिकका कुरालाई आधार मान्दै त्यसको विपक्षमा पनि बोल्नु भयो। स्वास्थ्य भन्ने कुरा लजिक होइन गणित जस्तै हो। हामीले राजनीति नेपालबाट सुन्ने बानी परेकाले होला सायद उहाँहरुलाई स्वास्थ्य पनि उतैको सुन्ने बानि परेछ।

जीवन र जगत जहाँ छौं त्यहिको सुन्ने हो। जुन ठाउँमा बस्छौं त्यो ठाउँको नीति र निर्देशन मान्नुपर्छ। त्यो ठाउँको कानुन, आदेशलाइ सम्मानका साथ मान्नुपर्छ। हरेक कुरामा सगरमाथाको हिउँ मात्र होइन कहिले काहीं त करेसाको साँप पनि हेर्ने बानी गर्नुपर्छ। डस्ने बेला काँग्रेस कम्यूनिष्ट होइन रोगले सबैलाई दुख दिन्छ।

अन्तत, त्यो कुरालाई मध्ये नगर गर्दै थुप्रै नेपालीहरुका कार्यक्रामहरु भटा-भट क्यान्सिल हुने र स्थगन गर्ने कार्य भएको छ। यो एकदमै सह्रानीय कुरा हो। हामीले हाम्रो समुदायको बिचार ख्याल गर्नुपर्छ। नेपालका मिदिलाले कोरोना भाइरसबारे के भन्छन त्यो कुरा गलत नहोला तर परिस्थित हामी बसेको ठाउँ अनुसार हुन्छ। हाम्रा स्टेट र शहर अनुसार फरक निर्देशन हुन सक्छ, त्यसलाई सुनौ र त्यसै अनुसार गरौँ।

यसै कुरालाई ध्यान दिंदै हिजो मात्र तीनवटा ठूला कार्यक्रम क्यान्सिल भए। ती कार्यक्रमहरुमा ३०० देखि २००० सम्म नेपालीहरुको जमघट हुने संभावना थियो।

द व्हाइट जोन क्यालिफोर्नियाँले मार्च ८, २०२० को होली धमाका क्यान्सिल गर्यो। NWGN क्यालिफोर्नियाको महिला दिवस मार्च ८, २०२० कार्यक्रम क्यान्सिल भयो।मधेशी एशोसियशियन अफ अमेरिका न्यूयोर्कको होली मार्च ८, २०२० कार्यक्रम समेत क्यान्सिल भयो।