-नेपाली जनसम्पर्क समिति अमेरिकाले बझाङका बाढीपिडितलाई राहत पठाउने

नेपाली जनसम्पर्क समिति अमेरिकाले बझाङका बाढीपिडितलाई राहत पठाउने

Hollywood Khabar July 20,2020 Comments

कृष्ण के सी/अमेरिका/७/२१/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाले बिपी स्मृति दिवसको अवसरमा बझाङका बाढीपिडितहरुलाई राहत सहयोग गर्ने भएको छ।

जनसम्पर्क समिति अमेरिका केन्द्रीय कार्यसमितिको तर्फबाट जननायक महामानव बिपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा सो सहयोग गर्न लागिएको कुरा बताइएको छ। सहयोग बझाङ जिल्लाका बाढीपिडितहरुको राहतका लागि नेपाली काॅंग्रेस बझाङको खातामा जम्मा हुनेगरी नेपाली रुपैयाँ पचास हजार पठाउने निर्णय भएको समितिका महासचिव सुभाष घिमिरेबाट जानकारी प्राप्त भएको छ।

धन्नजय नरसिंह के सीको अध्क्ष्यतामा समिति चयन भएपछि एक हप्प्ता भित्रमा नै बाढीपीड़ितबाट जनधन क्षेती भयको सिंधूपालचोक ज़िल्ला र म्याग़्दी ज़िल्लालाई एकलाख ४ हज़ार रूपैया नेपाली कांग्रेस ज़िल्ला समितिको राहत कोष मार्फ़त सहयोग गरीसकेको छ। मातृभूमिमा परेको दैबिक बिपद र दुखद घड़ीका जनतालाई सक्दो सहयोगको लागी पार्टीसंग सहकार्य गर्दँजाने कुरा समितिका सभापति के सीले बताएका छन।