-पारिवारिक भिषामा सहजीकरण माग गर्दै नेपाली समाज चिलीको निवेदन

पारिवारिक भिषामा सहजीकरण माग गर्दै नेपाली समाज चिलीको निवेदन

Hollywood Khabar August 13,2021 Comments

नेपाली राजदूतावास वजिलिया ब्राजिल

विषय:पारिवारिक भिषामा सहजीकरण सम्बन्धमा।

दक्षिण अमेरिकी मुलुक चिलीमा नेपाली नागरिक वैदेशिक रोजगार र व्यापार व्यावसाय लगायतका उद्देश्य लिएर करिब सन् २००० तिर प्रवेश गरेको ईतिहास अवगत गराउन चाहान्छौ।

नेपालदेखी धेरै टाढा रहेको देश चिलीमा रहने नेपालीहरुको सुख दुःखमा सारथी बनोस् भन्ने हेतुले वि.सं. २०७० असोज २४ गते बिहीबार तदअनुसार १० अक्टोबर २०१३ मा नेपाली समाज चीलीको स्थापना भएको हो। चिलीमा रहने नेपालीहरुको एकतामा नेपाली समाज चिली मार्फत हामी नेपाल देखी धेरै टाढा भएता पनि नेपाल र नेपालीको लागी सामाजिक कार्य पनि गर्दै आएका छौ।

नेपाली समाज चिलीले विक्रम सम्वत् २०७२ वैशाख १२ गते गोरखा केन्द्रविन्दु बनाएर गएको भूकम्प को केन्द्र बिन्दु वारपाक , लाप्राक र सौरपानीमै नेपाली समाज चिलीको संस्थापक डिल्लीराज घिमिरेको नेतृत्वमा यस संस्थाले राहत तथा उद्धार कार्यमा सहयोग पुऱ्याएको थियो।

नेपाली समाज चिलीले चिलीमा रहने नेपालीहरुलाई आईपर्ने समस्याको विषयमा पनि स्थानीय सरकारसँग समन्वय गरी सहजीकरण गर्दै आएको समेत जानकारी गराउन चाहान्छौ।भौगोलिक रुपमा धेरै लामो रहेको देश चिलीमा नेपालीहरु मुख्यतः राजधानी शहर Santiago, Iquique, Buin, Concepcion, Temuco, Curico, Arica, Antofagasta, La Serena, Calama लगायतका शहरमा व्यापार व्यावसाय तथा रोजगारमा संलग्न रहेको अवस्था छ।

हामी नेपाल सरकार र चिली सरकार विच एक सुमधुर सम्बन्ध स्थापित गराउदै जाने उद्देश्य लिएर नेपाली समाज चिली मार्फत नेपाली कला, भाषा, संस्कृत अनि चिलीको कला, भाषा, संस्कृतिलाई संरक्षण गर्दै कुटनीतीक साँस्कृतिक सम्बन्ध स्थापित होस् भन्ने हेतुले नेपाली चाडवाडहरु पनि समसामयिक रुपमा मनाउदै आएका छौ।

नेपाल सरकार र चिली सरकार बिच ऐतिहासिक रुपमा कुटनितिक सम्बन्ध स्थापित गरी दुवै देशको आवागमनलाई सहजता प्रदान गर्नुपर्ने वर्तमान परिवेशमा नेपाली समाज चिलीले नेपाल सरकार र चिली सरकार बिचमा मध्यस्थताको एक महत्वपूर्ण भूमिका कायम गर्न हामी संस्थागत रुपमै समन्वयकारी भूमिका निभाई रहन चाहान्छौ।

चिलीमा लामो समय देखी विभिन्न उद्देश्य लिएर बसोबास गर्दै आएका नेपाली नागरिकहरु सवै सुविधा उपलब्ध हुदाहुदै पनि भिषा प्रक्रिया असहज भएको कारण बाध्यतात्मक रुपमा परिवारबाट अलग-अलग हुनु परेको अवस्था छ।

दक्षिण अमेरिकी मुलुक चिलीमा रहने धेरै नेपालीले आ-आफ्नो परिवार चिलीमा ल्याउन चाहेको कारण भिषा प्रकियामा सहजता प्रदान गराउने कार्यमा चिली सरकारसँग समन्वय गरिदिनको लागी ब्राजिल स्थित नेपाली राजदूत मार्फत नेपाल सरकार परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ध्यानाकर्षण पत्र ज्ञापन गराउन चाहान्छौ।

अध्यक्ष

शिवहरि वस्नेत

महासचिव

श्रीराम पौडेल

कोषाध्यक्ष रामजी लामिछाने

बोधार्थ:नेपाल सरकार परराष्ट्र मन्त्रालय

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय