११ जेठ काठमाडौं।नेपाली सेनाले भ्रष्ट सैनिक अधिकारीहरूमाथि कार्बाही सुरु गरेको छ। जंगी अड्डाले सैनिक उच्चअधिकारीहरूसमेत भ्रष्टाचारमा संलग्न भएको पाएपछि त्यस्ता भ्रष्ट सैनिक अधिकारीमाथि कारबाही सुरु गरेको हो। जंगी अड्डाले भ्रष्टाचारका मुद्दाहरूलाई अघि बढाएर भ्रष्ट सैनिकहरू विरुद्ध जंगी अड्डा कडा रूपमा उत्रिएको हो। कार्बाहिका क्रममा जंगी अड्डाले आर्थिक अनियमिततामा संलग्न भएको अभियोगमा सहायक रथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
सहायक रथी राणा निरीक्षणाधिकृत महानिर्देशनालयमा कार्यरत छन्। महासेनानी सिलवाल हाल १४ नम्बर बाहिनीका सहायक बाहिनीपति हुन्। सैनिक प्रहरीले राणा र सिलवाल दुवैलाई गत साता पक्राउ गरेको सैनिक स्रोतले पुष्टि गरेको छ।उनीहरू सैनिक प्रहरी हिरासतमा छन्।कुन शीर्षकका कति अनियमितता गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ।आर्थिक अनियमितताको प्रमाणका आधारमा पक्राउ गरिएको सेनाले जनाएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...