साङ्केतिक तस्बिर

नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि

Hollywood Khabar March 24,2020 Comments

१२ चैत्र काठमाण्डौं।नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्।यो सहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका छन्।प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका राजेश कुमार गुप्ताका अनुसार ती बिरामी केही दिन अघि एक खाडी मुलुकबाट नेपाल आएका हुन्। ती युवतीसँगै दोहाबाट यात्रा गर्ने १२५ जनाको पहिचान भएको समेत पुष्टी भएको छ । विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएको हो। मङ्गलवार राति परीक्षणको परिणाम आएको गुप्ताले बताए।