-नयाँ वर्षबारे खोजतलास गर्दा पाइएको कुरा

नयाँ वर्षबारे खोजतलास गर्दा पाइएको कुरा

Hollywood Khabar December 30,2019 Comments

कृष्ण के सी, अमेरिका, डिसेम्बर ३१, २०२२

HISTORY भन्ने साइटले नयाँ बर्षबारे छोटो तर सान्दर्भिक कुराहरु संग्रह गरेको छ। आज त्यहि ब्लग र अन्य श्रोतहरुको गुगल गर्दा पाइएका कुरा यहाँहरु समक्ष पस्केको छु।

नयाँ बर्षको सुरुवात कसरी गरियो भन्नुपूर्व यसलाई मानिने विभिन्न गणनाहरुकाबारे जान्नु जरुरी छ। संभवत संसारको सबैभन्दा पुरानो ग्रन्थ बेद हुनुपर्छ। त्यो भन्दा पनि पहिला समयको गणना सुरु गरिएकोले ज्योतिष बिज्ञान झन् पुरानो ग्रन्थ हो कि भन्ने लजिक पनि एकातिर छ।

आजकल विश्वका धेरै देशहरुमा चाहिँ सुर्यलाइ स्थिर मानेर गणना गरिने क्यालेण्डरलाइ मानेर नयाँ बर्ष मान्ने चलन बढेको छ। बिशेष गरि डिसेम्बर ३१ का दिन नयाँ बर्षको इभ भनेर धुमधामका साथ मनाइन्छ। धेरै देशका क्यालेण्डर चाहिँ फरक गणनाका भएता पनि जनवरी १ लाइ नयाँ बर्ष मान्न थालिएको छ।

अहिलेको स्मार्ट दुनियाँमा एक किसिमले हेर्ने हो भने यो जनवरी १ भनेको नयाँ बर्ष भन्दा पनि एउटा चाड जस्तो भएको छ। भेटघाट, शुभकामना आदान-प्रदान, फायर वर्क, घुम्ने इत्यादि।

इशापूर्व ८०० तिर रोमका संस्थापक Romulus ले यो क्यालेण्डरको सुरुवात गरेका हुन् भनिन्छ। त्यसैले यसलाई रोमन क्यालेण्डर पनि भनिन्छ। सुरुका दिनहरुमा रोमन क्यालेण्डरमा १० महिना अर्थात ३०४ दिनको एक वर्ष मानिन्थ्यो। पछि राजा Numa Pompilius ले जनवरी र फेब्रवरी थपेर १२ महिना अर्थात ३६५ दिनको एक वर्ष बनाएका हुन् भनिन्छ।

ऐले सम्म पाइएको जानकारी अनुसार Gregorian को डिसेम्बर ३१ लाइ बर्षको अन्तिम दिन र जनवरी १ लाइ पहिलो दिन मानेर १२ महिना अर्थात ३६५ दिनको बर्ष मानेको छ।

इशाको ४००० बर्ष पुराना Babylonians को स्मृतिको कुरा गर्दा अलिकति चाख लाग्दो पनि रहेछ। उनीहरुका अनुसार, बर्षको पहिलो न्यूमून (पुर्णमास) मार्चको अन्ततिर पर्छ। यो समय दिन र रातको समय बराबरी हुन्छ। त्यहि रात र दिनको बराबरीको समयलाइ नयाँ बर्ष मानिएको छ। त्यसै समयमा उनीहरुले आफ्नो अतिकु भन्ने चाड ११ दिन सम्म मान्ने गर्थे।

अतिकु चाड चाहिँ Babylonian ले आफ्ना आकाश देव मर्दुकले समुन्द्रदेवमाथि गरेको बिजयलाइ लिएर आराधाना स्वरुप मनाउने गर्थे। उनीहरु त्यो समयमा नयाँ राजाको राज्याभिषेक समेत गर्थे। यदि राजा नयाँ आवश्यक परेको छैन भने राजालाई पुन: सांकेतिक रुपमा राज्य अभिषेक गराइन्थ्यो भनिन्छ।

पछि धार्मिक बिधिमा विश्वास गर्दै सुर्यलाइ आधार मानेर Julius Caesar ले ९० दिन थपेर इशाको ४६ मा नयाँ जुलियन क्यालेण्डरको सुरुवात गरेका हुन्। त्यसैलाई ऐलेको बिश्वले क्यालेण्डर मात्र होइन आफ्नो दैनिक नै बनाएको छ।अहिलेको टेक्नोलोजीको समयमा सेलफोन, कम्प्यूटर जस्ता सबैजसोको रेकर्डहरु पनि यहि क्यालेण्डरलाइ आधार मानेर बनाइएका छन्।

ऐतिहासिक रुपमा चाहिं बर्षको पहिलो दिन अर्थात जनवरी १ लाइ खेतीको लागि छुट्याइएको खेती दिवस हो भनिन्छ। इजिप्टमा चाहिं बर्षको पहिलो दिनलाइ नाइल्सबाट भएको बाढी दिवसको रुपमा मानिन्छ। चाइनिज क्यालेण्डरको पहिलो दिन भने यो समय भन्दा पछि दोश्रो पुर्णमासको समयमा पर्छ। जतिबेला चिसोको समय घटेको हुन्छ र केहि न्यानो मौसम सुरु भएको हुन्छ।

नेपालमा चन्द्रमालाइ आधार मानेर बनाइने अर्थात लुनार क्यालेण्डरको गणनालाइ मानिछ। त्यसैले नेपालको नयाँ वर्ष बैशाख १ मा पर्छ। सूर्यलाई आधार मानेर बनाइएका क्यालेण्डरका धेरै कुरा सुर्य जस्तै स्थिर अर्थात त्यहि दिन पर्छन। तर चन्द्रमा लाइ आधार मानेर बनाइएका क्यालेण्डर चाहिँ चन्द्रमाको गति जस्तो घटी-बढी हुन्छन। त्यसैले नेपालको तिथि र मिति पनि परिवर्तन हुनेगर्छ भनिन्छा।

उसो त विश्वमा थुप्रै थरि क्यालेण्डरहरु छन्। नेपालमा नै पनि नेवारी, गुरुङ, तामाङ, राइ-किरांत जस्ता थुप्रै र खोजतालस गर्न बाँकी अरु धेरै क्यालेण्डरहरु छन्। ति सबैको जिम्मेवारी चाहिं यहाँहरु सबैको भन्दा आजलाई बिट मारियो।

नयाँ बर्ष २०२३ को सबैलाई हार्दिक शुभकामना !-कृष्णार्पण !