निमा रुम्बा सान फ्रान्सिस्कोमा

Hollywood Khabar January 23,2017 Comments

चर्चित पप गायक निमा रुम्बा सान फ्रान्सिस्कोमा आयोजना गरिएको सोनाम ल्होछार २०१७ (Jhya Lho 2853) को कार्यक्रममा आफ्ना सुमधुर गीत गायर मनोरंजन प्रदान गर्न आउने कुरा आयोजक तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाले जानकारी दिएको छ। संस्थाले कार्यक्रममा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गर्दै उपस्थितको लागि अनुरोध गरेको छ। 

ल्हासो !!! 

सान् फ्रान्सिस्को बे एरियाबासी सम्पूर्ण नेपालीभाषी एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत कला संस्कृतिप्रेमी महानुभावहरुप्रति सर्वप्रथम तामांङहरुको महान पर्ब (नेपालको राष्ट्रिय पर्ब ) सोनाम ल्होछार २०१७ (Jhya Lho 2853) को सुखद उपल्क्ष्यमा हार्दिक मंगलमय शुभकामना टक्रयाउंछौं । 

यस पावन अवसरमा नेपालका प्रख्यात पप गायक निमा रुम्बा, जिरे खोर्सानीका कलाकार डोमा य्हुल्मो अनि बे एरियाका थुप्रै स्थानिया कलाकारहरुको साथमा आयोजना हुन गईरहेको सोनाम ल्होछार साँझ २०१७ सांगेतिक कार्यक्रम भब्य रुपमा सफल पारीदिन यहाँहरु सम्पूर्णको गरिमामय सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौं !

धन्यवाद!

फ्याफुल्ला !

कुमार दोङ

तामाङ कोअपरेशन सोसाइटी अफ 

क्यालिफोर्निया