सोनी शर्मा खनिया संयोजक नियोक,तनहुँ ।

निर्बाचन पर्यवेक्षण:बुझ्नैपर्ने कुरा

Hollywood Khabar May 09,2017 Comments

निर्बाचन पर्यवेक्षण सम्बन्धि अवधारणा:

लोकतान्त्रिक राजनैतिक पद्धतिलाई बलियो बनाउन र स्थापित गर्ने आधारशिलाका रुपमा रहेको निर्बाचन पद्धती हो।यहि निर्बाचन पद्धती र प्रक्रियाको परिवेक्षण सबैभन्दा महत्वपूर्ण कार्य हो।पर्यवेक्षणको कार्यले लोकतन्त्रलाई बलियो र अन्तराष्ट्रिय मान्यता र बैधता दिलाउने कार्य समेत गर्दछ।निर्बाचन पर्यवेक्षकहरुको स्थलगत उपस्थितीमा हुने पर्यवेक्षणले सम्भाव्य अनियमितता रोकिने र निर्बाचन स्वतन्त्र र धाँधलीरहित हुन्छ भन्ने नागरिकको भरोसालाई अझ बलियो बनाउँछ।त्यसैले निर्बाचनको स्वतन्त्रता कायम गर्ने अभियानका मूल प्रणेता नै तटस्थ,निष्पक्ष र व्यवसायिक दक्षता प्राप्त पर्यवेक्षण गर्न योग्य पर्यवेक्षकहरु हुन्।

निर्बाचन पर्यवेक्षण भन्नाले बुझ्ने के?

निर्बाचन पर्यवेक्षण भन्ने बित्तिक्कै के के न हुन्छ बेस्सरी तलब भत्ता पाईन्छ घुम्न नि पाईन्छ निर्बाचन क्षेत्रभित्र जतासुकै डुल्न पाईन्छ निर्बाचनको गोप्य मतदान क्षेत्र भित्रै प्रवेश गर्न पाईन्छ र भित्रका गोप्य सुचनाहरु थाहा पाउन र सार्वजनिक गर्न सकिन्छ आदि ईत्यादि आम नागरिकको बुझाई भएको पाईन्छ।तर वास्तवमा निर्बाचन पर्यवेक्षण भनेको निर्बाचन कार्यक्रम सञ्चालन हुँदा सो निर्बाचन कार्यक्रम कहाँ कुन प्रक्रियाद्वारा कसरी र कहिले सम्पन्न भएको हो विधीसंगत ढङ्गले सञ्चालन भएको छ कि छैन भनी तालिम प्राप्त पर्यवेक्षकद्वारा स्वतन्त्र एवं निश्पक्ष पूर्वक स्थलगत रुपमा गहनतम रुपले सुक्ष्म अध्ययन अवलोकन र बिश्लेषण गर्ने कार्य नै निर्बाचन पर्यवेक्षण हो।प्रयवेक्षकले मतदान अधिकृतले तोकेको क्षेत्रमा रहि पर्यवेक्षण गर्नुपर्ने हुन्छ।पर्यवेक्षकले आफुले बोकेको कुनै बिचार वा आस्थाका पक्ष या विपक्षमा बोल्न लेख्न वा ईशाराले समेत कसैको समर्थन या बिरोध गर्न मिल्दैन।

पर्यवेक्षण किन गरिन्छ ?
१)    निर्बाचनका सहभागीहरुमा निर्बाचन प्रक्रियाका बारेमा बिश्वाश जगाउन,
२)    मतदातहरुलाई निर्बाचन निश्पक्ष हुन्छ भन्ने वातावरणको विश्वसनियता दिलाउन,
३)    दलहरुको निर्बाचन अभियान,सञ्चारमाध्यमहरुको भूमिकार सरकारी पक्षबाटश्रोत साधनको दुरुपयोगभए नभएको बारेमुल्याङ्कन गर्न,
४)    नागरिकहरुको राजनैतिक व्यवस्था र दलहरुप्रतिको सम्मानलाई दृष्टिगत गरिलोकतान्त्रिक व्यवस्थामा हुन सक्ने सुधारका अवसरहरुको पहिचान गर्न,
५)    भविश्यमा निर्बाचन प्रक्रियामा गरिनुपर्ने सुधारहरुबारे निर्बाचन पदाधिकारीहरुलाई सुझाव दिन,
६)    निर्बाचनलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा विश्वसनियता बढाउन,
७)    लोकतान्त्रिक राजनितीक पद्धतिलाई संस्थागत गर्न,
८)    स्वतन्त्र,निष्पक्ष एवं निर्भय मतदानको वातावरण निर्माण गर्न,
९)    राष्ट्रियस्तरमा जनवश्वाशनियता र वैधता कायम गर्न
१०)    निर्बाचनको नतिजालाई अन्तराष्ट्रिय मान्यता र वैधता सुनिश्चित गर्न,
११)    विगतका राजनितीक तिक्ततालाई मेलमिलापमा रुपान्तरण गर्न,
१२)    निर्बाचनको क्रममा हुने आपराधिक अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न,
१३)    सरकारी साधन श्रोतको दुरुपयोगलाई निरुत्साहित गर्न,
१४)    निर्बाचनमा सम्भाव्य अनियमितता राक्न र
१५)    मतदाता र राजनितीक दललाई निर्बाचनको स्वतन्त्रतामा भरोसा प्रदान गर्न

पर्यवेक्षकहरुले के काम गर्छन् ?
१)    पर्यवेक्षकहरुले सम्पूर्ण निर्बाचन प्रक्रियाको जस्तै: निर्बाचन व्यवस्थापन र सञ्चालनका सन्दर्भमा सुरक्षा,मतदाता नामावली संकलन परिक्षण,मतदान शिक्षा,निर्बाचन अभियान,सञ्चार माध्यम,मतदान कार्य,मतगणना र परिणाम घोषणा आदिको सम्पूर्ण वा केहि कार्यको पर्यवेक्षण गर्न सक्छन् ।
२)     पर्यवेक्षकहरुले आफै सम्पूर्ण निर्बाचन प्रक्रियामा संलग्न भई कार्य गर्दैनन् तर निर्बाचन कार्यको परिवेक्षण गरि निर्बाचनको स्वतन्त्रता कायम गर्न ठोस सुझाव सहितको प्रतिवेदन दिन्छन् ।
पर्यवेक्षकहरुको काम कर्तब्य र अधिकार 
१)    निर्बाचन आयोगबाट स्विकृत प्राप्त नगरिकुनै पनि व्यक्ति वा संस्थाले पर्यवेक्षण गर्नु गराउनु हुदैन ।
२)    पर्यवेक्षणमा खटिनु पूर्व निष्पक्षताको शपथ लिनु पर्नेछ 
३)    पर्यवेक्षण कार्यमा खटिने परिवेक्षकहरुले अनिवार्य रुपमा पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा भाग लिएको हुनु पर्छ ।
४)    पर्यवेक्षकहरुले पर्यवेक्षक आचारसंहिता अध्ययन र पालना गर्नु पर्छ ।
५)    पर्यवेक्षकहरुले पर्यवेक्षणमा जाँदा पर्यवेक्षकको परिचय पत्र लगाएको हुनुपर्छ ।
६)    पर्यवेक्षकहरुले आफुलाई खटाईएको क्षेत्रको मात्र पर्यवेक्षण गर्नुपर्नेछ 
७)    पर्यवेक्षकहरुले गोप्य मत संकेत बाहेक निर्बाचन सम्बन्धि अन्य सम्पूर्ण प्रक्रियाको पर्यवेक्षण  गर्न सक्ने
८)    निर्वाचनसंग सरोकार राख्ने सम्बद्ध सबै पक्षसंग निर्बाचनसम्बन्धि  बिषयमा स्वतन्त्रतापूर्वक संवाद गर्न सक्ने
९)    निरवाचन प्रचार प्रसार अभियान,मतदाताको निर्बाध आवत जावत संवेदनशिल निर्बाचन सामाग्रीहरु (मतपेटिका मतपत्र आदि)को ओसार पसार मतदान मतगणना निर्बाचन परिणाम र सञ्चार माध्यमहरुमा पहुँच आदि कुराको पर्यवेक्षण गर्न सक्ने ।
१०)    मतदान अधिकृतको अनुमति लिएर निर्बाध प्रवेश पाउने
११)    मतदान अधिकृतको अनुमति दिएमा मतदान केन्द्र लगायतका निर्बाचन प्रक्रियाकव तस्बिर खिच्न पाईने
१२)    पर्यवेक्षकले बस्न चाहेमा निर्बाचन अधिकृतले तोके बमोजिम मतपेटिका सङ्कलन गरिराखेको स्थलमा बस्न पाउने ।
१३)    निर्बाचन परिणाम घोषणा गर्दा अपनाईने प्रक्रिया सम्बन्धि जानकारी लिन पाउने
१४)    निर्बाचन सम्बन्धमा परेको कुनै पनि उजुरी वा गुनासो बारेमा जानकारी लिन पाउने
१५)    निर्बाचन सम्बन्धि प्रक्रियाको विभिन्न चरणमा राजनितीक दलहरुको सहभागिता रहे नरहेको बिषयबारे थाहा पाउने 
१६)    स्थानिय तह निर्बाचन पर्यवेक्षण निर्देशिका २०७३ को दफा ११ ले तोकेका कर्तब्य पालना गर्दै पर्यवेक्षकले आफ्नो अधिकार प्रयोग गर्न सक्नेछन् ।
माथि उल्लेखित पर्यवेक्षकको काम कर्तब्य र अधिकार प्रयोग गर्दा तोकिए बमोजिम विधी र प्रक्रिया पुरा गर्न नसकेमा र पर्यवेक्षण आचारण संहिता २०७३ को पालना गर्न नसकेमा स्थानिय तह निर्बाचन पर्यवेक्षण निर्देशिका २०७३ को दफा १७ बमोजिम पर्यवेक्षकबाट हटाउन र पर्यवेक्षण अनुमति खारेज गर्न सक्ने कानुनन व्यवस्था रहेको सबै पर्यवेक्षकहरुले जानकारीमा राख्नु जरुरी छ । 

सन्दर्भ सामाग्री र श्रोत
१) स्थानिय तह निर्बाचन २०७४ नियोकको पर्यवेक्षण पासपोर्ट
२) स्थानिय तह निर्बाचन परिवेक्षण निर्देशिका २०७३ 
३) स्थानिय तह निर्बाचन २०७४ नियोकको पर्यवेक्षण आचारण संक्षिता २०७३