-बलात्कार पछि हत्या गरिएकी माया बिक

आवाज उठेर दबाइएको निर्मला पन्त हत्या र अदालत पुगेर पनि आवाजै नउठेको माया बिकको हत्या

Hollywood Khabar September 27,2020 Comments

नेपाल, भारत र खासगरी दक्षिण एशियामा बलात्कार, हत्या, एसिड छ्याप्ने प्रकरण अत्यैन्दै बढेका छन्। यति मात्र होइन नेपालमा त त्यस्ता अपराधीहरुलाई जोगाउन नेपालको सरकार नै घुमाउरो रुपमा संकल्गन छ भन्ने कुरा उसको मौनधारणले देखाएको छ।

समाजमा अमन चैनले, शान्त र ससम्मान जन-जीवन सबैले बाँच्न पाउने समाज नै सुशाशन हो। नेपालको पहिला देखिका बलात्कार, हत्याका घटना केलाउँदा चाहिँ सबैभन्दा धेरै हत्या, बलात्कारका घटना वर्तमान सरकारको पालामा भएका छन्। यति मात्र होइन सरकारी स्तरबाट नै विभिन्न रुपमा केश जोगाउने खेल पनि यो सरकारको पालामा नै भएको देखिन्छ। पछिल्लो घटनामा सेवाबाट निबृत भएका आइजीपी सर्वेन्द्र खनालनै अपहरण काण्डमा देखिनुले नेपाल सरकार र यसका गृहमन्त्री राम बहादुर थापाको हैसियत देखिएको छ।

धेरै घटना मध्ये निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटनामा रकमी चलखेल र शक्ति सम्पन्न बर्गको कारण घटना दबाइयो भनिन्छ। दबाबमा ल्याएर कागज गराइयो पनि भन्ने कुरा पढ्न पाइएको छ। यस्तो घटनामा मेल-मिलाप हुँदैन, हुन्छ त केवल कारबाही र कानुनी रुपमा सजायँ। तर त्यो कहिल्यै पनि भएन।

त्यस्तै दर्दनाक घटना पश्चिम नेपालमा घटेको पनि लामो समय भयो। एक १९ बर्षकी माया बिकको बलात्कार पछि हत्या हुँदा एकदमै कम रुपमा संचार सँस्थाहरुले घटनालाइ समाचारमा स्थान दिए। केहि दिन पहिला नेपालको पूर्वी तराइमा यस्तै असहाय महिला परिवारमा पनि यस्तै घटना भयो तर त्यसलाई पनि पन्च बसेर दबाइयो, कान्तिपुरले स्थलगत रुपमा पुगेर लेखेको थियो।

माया विकको घटना यहाँ पुन: स्मरण गराउँदा दलितअनलाइनले लेखेको छ, समाचार यहाँ:

कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी १९ वर्षीया माया विकको बलात्कारपछि हत्या भएको छ। विकको शव ३ दिनपछि अर्थात असार १५ गते भेटिएको थियो। मृतकका काका करन विकले १२ गतेदेखि हराएकी मायाको शव शुक्रबार साँझ वडा नं ११ कै चपथली सामुदायिक वनको जंगलमा दुवै हात पछाडी बांधेको अवस्थामा भेटिएको बताउनु भयो। अर्धनग्न अवस्थामा भेटिएकी मायाको बलात्कार पछि हत्या गरिएको गरिएको देखिन्छ। बलात्कारमा संलग्न भएको आशंकामा प्रहरीले सोधपुछका लागि गौरीगंगाका उमेश चौधरी र गणेश वडवाललाई नियन्त्रणमा लिएको छ । असार ५ गतेबाट गौरीगंगा नगरपालिकामा करारमा जागिर लागेकी माया १२ गतेदेखि वेपत्ता भएकी थिइन्।

यस बिषयमा रातोपाटीले यसरी लेखेको छ:

जिल्ला अदालत कैलालीले सामुहिक वलात्कारपछि हत्या प्रकरणमा दोषी देखिएकाहरुलाई जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो। ०७५ साल असार १२ गते घरबाट कार्यालय हिँडेकी विकको शव असार १५ मा गौरीगङ्गा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा भेटिएको थियो।

पीडित पक्षको उजुरीका आधारमा बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो । पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलाइएको थियो ।

प्रतिवादीमध्यकै भुवन खाती र सुरज चौधरीलाई ज्यानसम्बन्धी महलको १३ वमोजिम सजाय हुने र जर्वजस्ती करणीमा पनि सजाय हुने अदालतको फैसला छ । यसो हुँदा उनीहरुले जन्मकैदको सजाय भोग्नुपर्ने हुन्छ। त्यस्तै दुई जना अरु प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीका हकमा ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारवाही हुनेछ ।

अर्का प्रतिवादी टपेन्द्र वोगटीलाई ज्यानसम्बन्धी महलको १७ (२) अनुसार ५ वर्ष कैदको फैसला भएको अदालतका सुचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए। अदालतको फैसलापछि पीडित परिवारले ढिलै भएपनि न्यया पाएको प्रतिकृया दिएका छन् । मायाका ठुलोबुबा खड्ग विकले न्याय मरेको रहेनछ भन्ने अनुभुति भएको बताए ।

अन्तमा;

अझै पनि नेपालको सुरक्षा नियायाले यस्ता खाले घटनालाइ हुन नदिन र तुरुन्त एक्शन लिने काम गर्दैन। थुप्रै घटना हुन्छन, दबाउन प्रयास हुन्छ र दबिन्छन। धन्न आजकल सामाजिक संजालाले गर्दा धेरै कुरा सुरक्षाको चाँजो पाँजो भन्दा पहिला पब्लिक हुने गरेको छ। अन्यथा इतिहासमा यस्ता कति चिसा घटना धेरै होलान जो कहिल्यै बाहिर आएन। सामाजिक रुमपा न्याय पाउने दिन फेरी कहियै आउला त ?