-US President Donald J Trump

निर्वाचनको गणितले हारे पनि ट्विटरमा नहारेका राष्ट्रपति ट्रम्प साथमा मिसलिडिङ्ग ट्याग

Hollywood Khabar November 07,2020 Comments

कृष्ण के सी, अमेरिका/११/८/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा राष्ट्रपति डनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ। नोवेम्बर ७, २०२० का दिन गणना सम्पन्न नभए पनि राष्ट्रपति र उपराष्ट्रपतिको आवश्यक संख्या पुगेपछि बाइडेन-ह्यारिस टिमले भिक्ट्री स्पीच समेत सम्पन्न गरेका छन।

तर पनि राष्ट्रपति डनल्ड ट्रम्पले भने आफ्नो हार स्टिकार गरेका छैनन्। उनले ट्विटरबाट वारंवार आफू जितेको र निर्वाचन फ्रड भएको जस्ता ट्विट गरेका छन्। यो कुरा गत २०१६ मा उनल जित्दा पनि न उठेका होइन्न। त्यो समय त रसियन संगग्नता रहेको कुरा पनि उठेको हो तर पनि तत्कालिन सिनेटर हिलारी क्लिन्टनले हार स्विकारिन।

इतिहासमा राष्ट्रपति ट्रम्प मात्र एक व्यक्ति हुन जसले आफ्नो पार्टी र सिंगो टोलीले नै हार स्वीकार्न भन्दा पनि उनले मानेका छैनन्। अझै पनि जनवरीको २०, २०२० मा बाइडेनले सफत नलिएसम्म राष्ट्रपति ट्रम्पमा नै सम्पूर्ण शक्ति छ। उनि आफैं राष्ट्रपति अनि आफैले आफ्नै सिष्टमले धाँधली गर्यो भनेर भन्दै गर्दा दुनियाँ हाँसेका छन्। उनको ट्विटलाइ ट्विटरले मिसलिडिङ्गको ट्याग लगाएको छ।