Hollywoodkhabar advertisement

निवाचित राष्ट्रपति बाइडेनका व्हाइटहाउस संचार टीममा उच्च ७ पदमा महिला चयन

-निवाचित राष्ट्रपति बाइडेनका व्हाइटहाउस संचार टीममा उच्च ७ पदमा महिला चयन
0
shares

कृष्ण के सी, अमेरिका, ११/२९/२०

आइतबार निर्वाचित राष्ट्रपति जो बाइडेन र निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले व्हाइटहाउसमा संचार टीमका उच्च अधिकारी सबै महिला भएको घोषणा गरेका छन्।

नोवेम्बर २९, २०२० आइतबार व्हाइटहाउसमा आफ्नो कार्यकालको लागि संचार टीमको घोषणा गर्दै सो जानकारी दिएका हुन्। घोषणा गरिएको संचार टिममा सबै सिनियर व्यक्ति महिला छन्। Jen Psaki लाइ व्हाइटहाउस प्रेस सेक्रेटरी घोषणा गरिएको छ।

जेन ओबामा प्रशाशनमा संचार निर्देशक थिइन। बाइडेन ह्यारिसको चुनाव प्रचारको क्याम्पेन उप निर्देशक Kate Bedingfield चाहिँ संचार निर्देशक घोषणा गरिएको छ। Pili Tobar जो निर्वाचन कोअलिशन तर्फकी निर्देशक थिइन उनलाई व्हाइटहाउसको संचार उपनिर्देशकको लागि जिम्मेवारी दिइएको छ। Karine Jean-Pierre जो ह्यारिसका लागि चिफ अफ स्टाफ चाहिं प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरीको सेवाको लागि छनोट गरिएको बताइएको छ।

बाइडेनका क्याम्पेनका बरिष्ठ सल्लाहकारहरु Symone Sanders ले ह्यारिसको प्रवक्ताको रुपमा काम गर्नेछन। त्यसैगरी Ashley Etienne जो ह्यारिसका संचार निर्देशकको रुपमा काम गर्नेछन। Elizabeth Alexander ले फर्ष्ट लेडी जिल बाइडेनको प्रेसको लागि काम गर्नेछिन्। यी सबै ७ जना महिलाहरु बाइडेन ह्यारिस व्हाइटहाउसमा संचार टिमको उच्च जिम्मेवारीमा रहेका छन्।