-राष्ट्रियता खतरामा हुँदा नबोल्ने र काँग्रेस पार्टीलाइ नसघाउने जनसम्पर्क समितिहरु

राष्ट्रियता खतरामा हुँदा नबोल्ने र काँग्रेस पार्टीलाइ नसघाउने जनसम्पर्क समितिहरु

Hollywood Khabar November 19,2019 Comments

कृष्ण के सी/अमेरिका/११/२०/२०१९

नेपाली काँग्रेस पार्टीले विदेश स्थित आफ्ना सदस्य, शुभचिन्तक, समर्थकहरुलाई समेट्न नेपाली जनसम्पर्क समितिको गठन गरेको छ। बिश्वो भरिमा हाल सकृय र निस्कृय जे जसो गरि भएपनि ३३ वटा नेपाली जनसम्पर्क समिति रहेका छन्।

यतिबेला समितिहरुको काम भनेको पार्टी नेताहरुको भ्रमणका बेला खादा लिएर एयरपोर्टमा स्वागत गर्नु, मर्यादाक्रममा हुन् या नहुन अन्तरक्रियाको आयोजना गर्नु, आपसी गुटको लडाइ गर्नु नै प्रमुख कार्य भएको छ। नेपालको भूमी भारतीय नक्सामा गाभिएको छ, नेपाल सरकार मौन छ, उल्टै प्रतिपक्षले सपोर्ट दिन्छौं बोल भन्दिनु परेको छ। तर पनि विश्वभरि रहेका ३३ वटा नेपाली जनसम्पर्क समितिहरु फेसबुकमा व्यक्तिगत कुरा शेयर गर्नु बाहेक केहि गरिरहेका छैनन्।

गत महिना काठ्माण्डौमा भएको गैरआवासीय नेपाली संघको निर्वाचनमा धर्ती फटाउने गफ दिएर नेपाली काँग्रेस पार्टीका नेताहरुको घर-दैलोमा लाइन बसेका समितिका गफाडी नेताहरु यो बेला दुलोभित्र हराएका छन्। चाकडी गर्नु, नेताहरुका अगाडी मरेको स्याल जस्तो हुनु, चाकडी गर्नु उनीहरुको स्वभाव रहेछ त्यो कुरा यो पटक छर्लंङ देखिएको छ।

नेपाली भूमी भारतीय पक्षबाट मिचिएको बिषयमा नेपाली काँगेस पार्टीका सभापति शेर बहादुर देउबाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेका छन्। तर पनि पार्टीको अङ्ग मानिने नेपाली जनसम्पर्क समितिहरु भने चुप छन्। आफ्नो राजनैतिक बिषयमा नबोल्ने, पार्टीका सभापतिको आधिकारिक धारणालाइ पनि गलहत्याउने समितिका नेतृत्वप्रति पार्टीको धारणा कस्तो आउला त्यो हेर्न बाँकी छ।

स्वयं गैरआवासीय नेपाली संघले विश्वभरिबाट भारतीय दुतावासलाइ ज्ञापन पत्र दिन भनेको छ। उनीहरुले थुप्रै देशबाट प्रदर्शन र बिरोध गरिरहेका छन्। आवास उठेका छन् बिरोध गरेका छन्। तर पनि नेपाली जनसम्पर्क समितिहरू भने आफ्नो कर्तब्य गरिरहेका छैनन् । नेतृत्वप्रति अटेर, राष्ट्र र राष्ट्रप्रति असहयोग किन ?