-जनसम्पर्क अष्ट्रेलियाको अधिबेशन गर्ने जिम्मा कृष्ण गिरीको नेतृत्वलाई

जनसम्पर्क अष्ट्रेलियाको अधिबेशन गर्ने जिम्मा कृष्ण गिरीको नेतृत्वलाई

Hollywood Khabar November 09,2019 Comments

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अधिबेशन गर्ने जिम्मा संस्थाका अध्यक्ष कृष्ण गिरीलाई नेपाली कांग्रेसले दिएको छ।

प्रवासमा रहेका नेपाली कांग्रेस समर्थितहरुको प्रतिनिधित्व गर्ने आधिकारीक संस्था नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अर्थात एनपिसीसीएका बिषयमा नेका पार्टीको केन्द्रिय समितिको १७ भाद्र, २०७६ मा बसेको बैठकले नीतिगत निर्णय गर्दै गिरीलाई अधिबेशन गर्न जिम्मेवारी दिएको हो। सोहि निर्णय अनुरुप गिरीको संयोजकत्वमा ६ महिना भित्र अधिवेशन सम्पन्न गर्न आवस्यक कार्य गर्न भनेको छ ।

पत्र र जिम्मेवारी पाएका गिरीले १० नोभेम्बर आईतबारका दिन सिडनीको नोभोटल होटलमा एक पत्रकार सम्मेलन गर्दै पाटिले दिएको पत्र सार्वजनिक गरेका थिए । सम्मेलनमा गिरीले – नीति नियम एबम बिधानलाई संसोधन गर्ने, क्रियाशिल सदस्यता नविकरण एबम बितरण गर्ने, आठ ओटै स्टेट र टेरीटोरीका अधिवेशन गरी राज्य समिति गठन गर्ने र केन्द्रिय चौथो अधिवेशनलाई सब्य र भब्यरुपमा सफल पार्ने कार्यलाई प्रमुख प्राथमिकतामा राख्दै आजका दिनबाट नै यस कार्यमा लागेको बताए।

बिगतमा गरेका राम्रा कार्यको अनुसरण गर्दै नराम्रा कुरालाई बिर्षेर हामी सबै गोलबद्ध भएर आपसी समजदारी, सहकार्य र सबैको आत्मा सम्मान गर्दै अघि बढ्नु पर्ने अबको आवस्यकता देखिन्छ । यो कुरा मा हामीले आफूलाई प्रमुख जिम्मेवार ठानेको छौ । संगठनका साथीहरु बिचका दुरी लाई कम गर्दै अब सबै बैरभाव त्यागेर हातेमालो गर्दै पाटिको निर्देशन बमोजिम ६ महिना भित्र हाम्रो संगठनको भब्य, सब्य र ऐतिहांसीक अधिवेशन गर्नु पर्ने हाम्रो प्रमुख जिम्मेवारी रहेको छ। म आफै पनि यस कुरामा प्रतिबद्ध छु र सबै साथीभाई तथा अग्रजहरुलाई सहकार्य र सहयोगको लागि हार्दिक अनुरोध गर्दछु – अध्यक्ष गिरीले बताए । नीति, नियम, मर्यादा र सबैको अपनतो बाट मात्र संगठन निर्माण हुन सक्छ र त्यस्तो संगठन मात्र चलायमान हुन सक्ने हामी सबैको बुझाई र अनुभब रहेका बिचार राख्दै सुझाब सल्लाहका लागि सबैमा अनुरोध गरेका थिए ।

कार्यक्रममा पर्वत जिल्ला पूर्व सभापति एबम नेका नेता नवराज गुरुङ, महासमिति सदस्य मकवानपुर दीनेश उपाध्याय, संगठनका सुरेश गुरुङ, राजु अधिकारी, रोहित खड्का, सुर्य भट्टराई, नागेन्द्र अधिकारी, डा. डल्ली बन्जाडे, राजेश केसी, सितल गिरी, सुदिप मुडवरी, समित केसी, बिकास केसी, सरोज पाडे लगायतले शुभकामना व्यक्त गरेका थिए ।