-जनसम्पर्क अष्ट्रेलियाले गर्यो नेपाली समुदाय संग अन्तरक्रिया

जनसम्पर्क अष्ट्रेलियाले गर्यो नेपाली समुदायसंग अन्तरक्रिया

Hollywood Khabar June 06,2021 Comments

सिड्नी, जुन ६, २०२१

जनसम्पर्क समिति अष्ट्रेलियाले सिडनीमा कोभिड-१९ प्रकोप र बर्तमान नेपालको राजनीतिक परिस्थितिमा हाम्रो भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कोभिड–१९को प्रकोपले नेपाल र नेपालीहरुमा पर्न गएको समस्या र स्वास्थ्य जटिलताका बारेमा चर्चा भएको थियो। जनसम्पर्क समिति अष्ट्रेलिया लगायत अन्य संघ संस्थाले बिभिन्न माध्यम र अभियान मार्फत कोरोनाबाट बच्न र बचाउनका लागि नेपलामा मानविय साहयताका लागि शुरुका दिनदेखिनै लाखै रुँपैयाहरु सहयोग गर्दै आएको चर्चा एबम बिवरण प्रस्तुत गरीएको थियो।

एकातिर कोभिड प्रकोप अर्का तिर हप्तै पिछे श्रृजित राजनितिक जटिलता र परिस्थितिले गर्दा नेपाल सरकारले कोरोना रोकथाम र उब्जिएको स्वस्थ्य जटिलतालाई गम्बिररुमा नलिएको बिचारहरु कार्यक्रममा बक्ताहरुले राखेका थिए ।

जनसम्पर्क समिति अष्ट्रेलियालका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम ६ जुन २०२१ आईतबारका दिन सिडनको ग्रानभिलमा भएको थियो । कोरोनाको संक्रमणबाट उन्मुक्ती पाउन नसकेका नेपाली जनतालाई ओली सरकार र राजनीतिक आक्रमणको दोहोरो संक्रमणले अमानबिय गतिबिधि बढ्नुका साथै नेपाल सरकारले जनस्वास्थ्यमा खासै ध्यान दिन नसकेको बिचार गिरीले राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अष्ट्रेलियालका लागि नेपाली राजदूत महामहिम महेश दाहालले आफू नेपाल फर्कने क्रममा रहेको र तपाईहरुले नयाँ राजदूत पाए पनि आफूले तपाईहरुको परिवर्तनमा अरु कोहि पाउन नसक्ने बताएका थिए। सामिप्यता भित्रको सहयात्र र आत्मियताको राजनितिले धेरै संस्थाको बिचमा एकता जोडेको छ, प्रबासमा रहेका सबै नेपालीहरुमा भावना जोडेको छ र प्रत्येक नेपालीको मन र मस्तिष्कमा भावनात्मक बिचरा पैदा गर्ने कुरालाई उद्रित गदै मिलेर नेपाली समाजमा काम गर्न दाहालले पे्ररणा दिएका थिए।

कार्यक्रममा अष्ट्रेलिया शाखा प्रमुख, नीति, अनुसन्धन एबम प्रशिक्षण प्रतिष्ठानका प्रेम सापकोटा, एनएसडब्लुका लागि नेपाली महाबाडिज्यदूत दीपक खड्का, फेन्का महासचिब डा. कृष्ण हमाल, एनआरएनए आईसीसीः महिला संयोजक भोमा लिम्बू, ओशियाना संयोजक होम पाण्डे, ओशियाना महिला संयोजक जानकी पौडेल, पूर्व सचिब रन्जु वाग्ले थापा, जनसम्पर्क समिति अष्ट्रेलिया एनएसडब्लुका संयोजक सितल गिरी, ओएनएफ अष्ट्रेलियाका राजन बस्नेत, केशब जोशी, जनप्रगतिशील मंच अष्ट्रेलियाका अध्यक्ष प्रविण कंडेल, एनआरएनए अष्ट्रेलियाकाः उपाध्यक्ष देब गुरुङ, पूर्व उपाध्यक्षद्धय राजन ढुङ्गेल र दीनेश पोखरेल, चितवन समाज अष्ट्रेलियाका अध्यक्ष पुर्णनाथ घिमिरे, नेपाली हिन्दु सोसाईटीका अध्यक्ष सुर्या गौतम, एनआरएनए आईसीसी सदस्य अरुण कुमार ठाकुर, जनसम्पर्कका यूवा नेताद्धय बिक्रम शेरचन र समित केसी लगायतले अन्तरक्रियामा आफना बिचारहरु राखेका थिए।

कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङ, समुदायका अगुवाहरु गणेश केसी, बालचन्द्र भट्टराई, भवानी ओली, झलक ढुङ्गाना, नरेश थापा, निरज श्रेष्ठ, दिपक भट्टराई, सुजित सिग्देल, रुपक मैनाली, राज कुमार गोश्वामी, नागेन्द्र अधिकारी, सन्तोश दाहाल, भिम बस्नेत, उमेश पोखरेल, समिम अनवर, बिकास केसी, जनसम्पर्कका राजेश केसी, सरोज पाण्डे, बिशाल पोखरेल लगायतको उपस्थिति रहेको थियो। दिउँसो १२ बजे देखि ३ बजे सम्म संचालन भएको सो कार्यक्रको संचालन जनसम्पर्क समिति अष्ट्रेलियाका प्रवक्ता एबम का.महामन्त्रि रोहित खड्का र उद्धब भट्टले गरेको थिए ।

कोभिडमा१९ ले उब्ज्याएको समस्यमा परेका बिद्याथीहरुलाई अप्रिल र मे २०२० सिड्नीमा जनसम्पर्क समिति अष्ट्रेलियाले राहत बितरण कार्यक्रम सम्पन्न गरीएको थियो।सो कार्यक्रममा आर्थिक सहयोग गर्ने सहयोगिहरु र स्वयंमसेवकहरुलाई सम्मान गरीएको थियो। त्यसैगरी नेपालमा कोभिड१९ को संक्रमणले निम्त्याएको बिपदमा मानब रक्षाको लागि तत्काल स्वास्थ्य सम्बन्धि सामाग्री, उपकरण एबम अतिआवस्यक अक्सिजन उपलब्ध गराउन नेपाली कांग्रेस को निर्देशन बमोजिम अष्ट्रेलियाबाट आर्थीक सहयोग गर्नेहरुलाई सम्मान ब्यक्त गरीएको थियो।

साथै त्रिचन्द्र क्याम्पसका पूर्व स्व.बि.यू. सदस्य, काठमाण्डौ महानगरपालीका वडा न. ३० का वडा सदस्य निरज राज सत्याल को क्यान्सर रोगको उपचारमा सहयोग स्वोरुप जनसम्पर्क समिति अष्ट्रेलियाले रु.५०,००० दिने घोषणा गरेको छ।