-नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अधिवेशनको तिब्र तयारीमा

नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अधिवेशनको तिब्र तयारीमा

Hollywood Khabar March 11,2020 Comments

नेपाली कांग्रेस पार्टी भित्रको आन्तरीक मनमुटाव र संगठनमा आफ्नैले आफ्नालाई सिद्याउने खेलले गर्दा गएका सबै निर्बाचनमा नेपाली कांग्रेसले ठूलो हार बेहोर्नु परेको थियो। यो रोग बाट प्रवासमा बस्ने नेपाली कांग्रेस समर्थित नेपालीहरु समेत अछुतो रहन सकेनन । बिशेष गरी नेपाली कांग्रेसको प्रत्यक्ष संस्था जनसम्पर्क समितिहरु समेत यस्ता बिवादमा तानिए।

पछिल्लो समय पार्टिमा धेरै निर्णयहरु छलफल र सर्बसम्मत गर्ने कार्यहरु भएका छन। एकतामा नै सबैको स्वार्थ पुराहुने र संगठनको जित हुने, बिस्तारै नेताहरुले व्यवहारमा लागु गर्न थालेका कुराहरुलाई सकारात्मकरुपमा नेका का कार्यकर्ताहरुले लिएका छन । बिदेश स्थित जनसम्पर्क समितिहरुका बारेमा पार्टिले स्पष्ट निति निर्देशन तयार गर्दै अधिवेशनका लागि गरेका निर्णयहरुले प्रवासका कांग्रेस समर्थितहरुलाई झन उत्साहित बनाएको पाईएको छ । केहि महिना अघि पार्टिको केन्द्रिय समितिले निर्णय गर्दै अष्ट्रेलियाका कृष्ण गिरीलाई नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) को अधिवेशन गर्न गराउन जिम्मेवारी तोकीदिए पछि अष्ट्रेलियाका कांग्रेसीहरु खुसीका साथ अधिवेशनको तिब्र तयारीमा जुटेका छन।

पार्टीले जिम्मेवारी दिएको दिन देखि आजका दिन सम्म निरन्तर छलफल र बहसबाट सबैलाई एकतामा बाधेर चौथो अधिवेशन गर्ने प्रयासमा अध्यक्ष गिरीले बिशेष जोड दिएका छन । नेपाली कांग्रेसका नेता एनपि साउदको उपस्थितिमा कार्यकर्ता भेला राख्ने, सबैका कुरा सुन्ने, काम गर्न चाहनेहरुका लागि एक्सप्रेस अफ इन्ट्रेस मागर सबैलाई संगठनमा काम गर्न ढोका खुल्ला गर्ने, पद्धति र प्रक्रिया अनुरुप असन्तुष्ट ग्रुपहरु संग छलफल गर्ने, राम्रो अधिवेशन सम्पन्न गर्न अष्ट्रेलियाका प्रतिष्ठित, अनुभबि र संगठनमा लामो समयदेखि सहयोगि रहेका व्यक्तिहरुलाई संलग्न गराएर समिति निर्माण गरी सुझब प्रतिवेदन तयार पर्ने जस्ता संगठनका हितका लागि चरमबद्धरुपमा कार्य सम्पादन गरेको अध्यक्ष गिरले पाईयो ।

फलस्वोरुप गिरीले करिब ४ महिनाको गृहकार्य पछि अधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न उपसमिति गठन गर्दै संगठन निर्माण गरेका छन । बर्तमान अवस्थामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा एक सदस्यमात्र समिति भएकाले अष्ट्रेलियाका आठ ओटै राज्यमा समिति बिस्तार गरी संगठन निर्माण गरीनु अतिआवस्यक थियो जस्ले गर्दा समयमा अधिवेशन गर्न गराउन सहजता प्रदान गरोस। अध्यक्ष गिरीले चौथो अधिवेशन सम्पन्न गर्न गराउनका लागि देहाय बमोजिमको राज्य अधिवेशन तयारी समिति, बिधान संसोधन समिति, निर्बाचन समितिमा जिम्मेवारी तोकेको छन।

 

राज्य अधिबेशन तयारी तथा तदर्थ समितिका संयोजकहरुमा क्रमशः एनएसडब्लु (सिड्नी) संयोजक-सितल गिरी, भिक्टोरीया (मेलवर्न) संयोजक-रमेश छत्कुली, क्वीन्सलेण्ड (ब्रिसवेन) संयोजक - अभिमानसिंह बस्नेत, साउथ अष्ट्रेलिया (एडिलेड) संयोजक-दिलिप पोखरेल, वेष्ट्रन अष्ट्रेलिया (पर्थ) संयोजक - नील थपलीया, नर्दन टेरीटोरी (डार्वीन) संयोजक-सिजन गिरी, क्यानवेरा–क्वीनविन (एसिटि) संयोजक-भागिरथ सापकोटा र ताजमानीया संयोजक-प्रमोद सापकोटा (टेक) रहेका छन।

त्यसैगरी केन्द्रिय निर्बाचन समिति, संयोजक-गणेश केसी र बिधान संसोधन समिति संयोजक - निरज श्रेष्ठ रहेका छन । सल्लाहकार समिति र अन्य उपसमिति गरी करिब २०० भन्दा बढि व्यक्तहरुलाई जिम्मेवारीमा समावेश गराएर एकताको सन्देश नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले दिएको छ ।

पछिल्लो समय एनआरएनएको निर्बाचनमा राजनीति घुसाई व्यापार गर्ने, उमेद्वारहरुलाई तनाब दिई खाई पिई मोज मस्ती गर्नेहरुका लागि भने संगठनमा आएका सुधारका कार्यक्रमहरुले टाउको दुखाएको छ।प्रवासमा बसेता पनि व्यक्तिगत रिष राग, व्यापारमा ग्राहकहरुको तानातानि, काम तथा व्यापारबाट सन्तुलित आर्जन गर्न नसक्दाका पिडाहरुले संगठन र समुदायलाई फुट गराउदै लगेको देखियो।

आफूले भनेको सबै ठिक, ठिक नमाने बल प्रयोग गरेर भएपनि ठिक पार्छु भन्ने बिचारबाट संक्रमित भए जनसम्पर्कको समयमा अधिवेशन हुन दिदैनन कि भन्नेको संका भएको देखियो । समयमा अधिवेशन गर्न सकेको अवस्थामा भने गलत सोच र कार्य गर्छु भन्नेहरुका व्यवसाय भने बन्द हुनेमा अधिकांसको बिचार रहेको पाईयो । संगठन दरो भएमा बिशेष गरी एनआरएनए को राष्ट्रि तथा अन्तराष्ट्रिय निर्बाचनमा पक्ष र बिपक्षका दुबै उमेद्वारबाट आर्थिक लाभ लिन खोज्नेहरुको सक्रियातामा भने कम आउने पक्का देखियो।