कल्याण कुमार गुरुङ, सभापति सबुज बानियाँ

जनसम्पर्क क्यालिफोर्नियाले नेका नेता गुरुङ र बानियासंग भेटघाट राख्यो

Hollywood Khabar October 07,2018 Comments

कृष्ण के सी/अमेरिका
नेपाली जनसम्पर्क समिती अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरले नेपाली कांग्रेसका नेताहरुको उपस्थितमा एक भेटघाट कार्यक्रमको आयोजना गरेको छ।
 
कार्यक्रममा नेपाल बिधार्थी संघक पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता कल्याण कुमार गुरुङ तथा नेपाली कांग्रेसका काठमाण्डौ जिल्ला सभापति सबुज बानियाँको उपस्थिति रहने बताइएको छ।
 
च्याप्टर सभापति पूर्ण शेर्पाद्धारा जारि सूचनामा उक्त भेटघाट तथा दशैँ, दिपावली, छठ र नेपाल संबत नयाँ वर्षको उपलक्षमा शुभकामना आदन प्रदानका हुनेछ। यसका साथै नेपालाको सम सामयिक राजनीति र नेपाली कांग्रेसको अब बन्ने बिधानका बिषयमा समेत जिज्ञासा र सामान्य छलफल हुनेछन।
 
कार्यक्रम १३ अक्टुवर २०१८ शनिबार साँझ ६ बजे, 173 Eddy street San Francisco Palace of Spices मा हुनेछ। च्याप्टरले नेपाली काँग्रेसका आस्थावान र अरु सबैलाइ उपस्थित भैदिन अनुरोध गरेको छ।