-नेपाली जनसम्पर्क समिति अमेरिकापछि डेनमार्कमा नयाँ नेतृत्व बन्ने तयारी

नेपाली जनसम्पर्क समिति अमेरिकापछि डेनमार्कमा नयाँ नेतृत्व बन्ने तयारी

Hollywood Khabar July 22,2020 Comments

भोला लामीछाने/युरोप/७/२३/२०

समय सीमामा अधिवेशन गर्न नसकेपछि नेपाली जनसम्पर्क समिति डेनमार्कमा बैधानिक विकल्प अनुसार नयाँ नेतृत्व चयनबारे छलफल भएको खबर प्राप्त भएको छ।

नेपाली कांग्रेसको विदेशस्थित भात्री संस्था जनसम्पर्क समिति डेनमार्कले समयमा अधिवेशन गर्न नसकेकोले समयमा अधिवेशन गर्न ससक्नेहरूको कालो सुचिमा परेको छ। यसअघी संसारभर १६ जनसम्पर्क समितिहरु समयमा अधिवेशन सम्पन्न गर्न नसक्नेहरूको सुचीसंगै जनसम्पर्क समिति डेनमार्क पनि तीन-तीन वर्ष कार्यकाल सकिंदा पनि अधिवेशन गर्न नसक्ने असक्षम समितिमा परेको छ।

यस अधि जनसम्पर्क समिति अमेरिकाले ६ बर्ष सम्म अधिवेशन नगरेकोले त्यहाँ जुलाई १२, २०२० मा नेपाली काँग्रेसको बिधान मुताविक नयाँ नेतृत्व चयन गरिएको थियो। सो नेतृव चयनको लाइभ भिडियोले संसारभरि तहल्का पिटेको थियो।

जनसम्पर्क समिति डेनमार्कको कार्यकाल गएको फेब्रुअरी ११ मा सकिएको हो। आफ्नो तीन बर्षको कार्यकाल सकिंदा पनि समयमा बैठक समेत नबसी कार्यकाल थप गर्ने या नगर्ने समेत निर्णय समेत नभएकोले अब जनसम्पर्क समिति अबैधानीक भएको छ।

विधानत कार्य समितिको कार्यकाल सकिँदै गर्दा र तत्कालीन सहज परिस्थितिमा पनि सङ्गठन बिस्तारको लागि सदस्यता खुलाउनु पर्ने र क्रियाशील सदस्यता नवीकरणको लागि पूरा गर्नुपर्ने संस्थागत प्रक्रियाको लागि थालनी समेत नगर्नु, छैटौँ अधिवेशनको मिति समेत नतोक्नु, नेपाली काँग्रेसको विधान २०७५ को धारा १४ को उपनियम ३ बमोजिम अधिवेशन तथा निर्वाचनका लागि पार्टी केन्द्रीय कार्यालयमा जानकारी समेत नगराएको हुँदा जनसम्पर्क समिति डेनमार्क अहिले वैधानिक सङ्कटमा परेको छI

डेनमार्कमा रहेका जनसम्पर्क समितिमा आवद्ध सदस्यहरुले जनसम्पर्क समितिका हाल निबर्तमान भै सकेका सभापती बिरेन्द्र सिंह कार्कीको भित्रि नियत खराब देखिएको बताउंदै आएका छन्। भित्र भित्रै चलखेल गरी एक बर्ष कार्यकाल थप गर्ने नियत देखिएको सबैले बताउंदै आएका छन्। तर जनसम्पर्क समिति डेनमार्कको विधानमा बढीमा ६ महिना थप गर्ने व्यवस्था छ। त्यो पनि विशेस या बिसम परिस्थितिमा मात्र केन्द्रको स्विकृती लिएर मात्र थप गर्न सकिने प्रावधान छ। छ महिना कार्यकाल थप गर्नको लागि कार्यसमितिको पूर्ण बैठक बसी गत फेब्रुअरी ११ भन्दा अगाडी केन्द्रमा पत्राचार गर्नुपर्नेमा त्यो पनि नगरी संस्थामा मनलागी गर्न खोजेको आरोप निबर्तमान सभापती कार्की माथि लागेको छ।

यो वर्ष नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन पनि भएकोले केन्द्रले भाद्र महिना भित्र अधिवेशन सम्पन्न गर्न सबै जनसम्पर्क समितिहरूलाई डिसेम्बर महिनामा नै परिपत्र गरे पनि त्यसको पालना ना नगरेको देखिएको छ ।केन्द्रमा पहुँच छ भन्दैमा विधान विपरीत गरी केन्द्रलाई नै विवादमा तान्ने प्रयत्न भैरहेको प्रती आम सदस्यहरू सचेत देखिएका छन् ।

यसै सम्बन्धमा जनसम्पर्क समित डेनमार्कका संस्थापक अध्यक्ष नवीन पौडेलले बताए अनुसार, अधिवेशन सम्पन्न नगरी केन्द्रको महाधिवेशनमा कुनै पनि जनसम्पर्क समितिले भाग लिन नपाउने हुँदा यथासक्य चांडो अधिवेशन सम्पन्न गर्नुको विकल्प नै छैन। फेब्रुअरी ११, २०२० पछि जनसम्पर्क समिति डेनमार्क तदर्थमा परिणत भै सकेको हुँदा अब नयाँ अधिवेशन तयारी समिति बनाउनु पर्नेमा सबैको माग रहेको पनि उनले बताए। उनले दावी गरे अनुसार जनसम्पर्क समिति डेनमार्कमा आवद्ध ९९ प्रतिशत साथीहरु चांडो अधिवेशन हुनुपर्नेमा रहेका छन्।

जनसम्पर्क समिति डेनमार्कका पूर्व उपसभापती प्रकाश ढकालले बताए अनुसार केन्द्रमा पहुँच छ भन्दैमा कुनै एक व्यक्तिले या कसैले पनि संस्थामा मनोमानी गर्न नमिल्ने र अहिलेको जमानामा केन्द्रमा पहुँच सबैको हुने पनि उनले बताए। यथासक्य छिटो अधिवेशनको मिति तोकेर अगाडी बढ्नु पर्ने र १७ सय सदस्य रहेको ठूलो संस्थामा कुनै एक व्यक्तिको भित्रि नियतका’ कारण संस्था बन्धक बनाउन अधिकार कसैसंग नभएको पनि उनले बताए।

जनसम्पर्क समिति डेनमार्कमा कुनै किसिमको विवाद थिएन र छैन पनि। तर अहिले आफ्नो तीन बर्षको कार्यकाल सकिंदा पनि निबर्तमान भै सकेका सभापती कार्कीले अधिवेशन गराउन कुनै किसिमको इच्छा नदेखाएको आरोप लाग्दै आएको छ। कार्यसमितिका उपसभापती निल थापाका अनुसार, सभापती कार्कीसंग जति कुरा राखे पनि उनले सुन्दै नसुन्ने गरेका छन्।

यदि छिटो भन्दा अधिवेशनको मिति तोकेर अगाडी नबढे सुभेक्छुक र निबर्तमान कार्यसमितिका अधिकांस सदस्यहरुले केन्द्रसँग समन्वय गरी सदस्यता वितरण गरी अधिवेशन सम्पन्न गराउने तर्फ लाग्ने धेरैले बताउंदै आएका छन्।