-Krishna KC

नेपाल पत्रकार महासंघ युरोप शाखा दिनन्धो, जनसम्पर्कहरु लाटो कोशेरो

Hollywood Khabar August 21,2020 Comments

कृष्ण के सी/अमेरिका/८/२२/२०

नेपालीहरुको बिश्व समुदायमा एउटा सबै भन्दा बढी लाग्ने रोग भनेको चुनाव हो। चुनाव कोरोना भन्दा पनि धेरै लाग्छ नेपाली समुदायलाइ। तर चुनावपछि चाहिं के काम गर्ने त्यो भने कसैलाई पनि थाहा हुँदैन।

कुनै सफाई अभियान कार्यक्रमको लागि संस्था या कमिटी बनाउने कुरा मात्र चल्नु पर्छ त्यहाँ गुटको लडाइ सुरु हुन्छ। बिशेष गरेर काँग्रेस र कम्यूनिष्टको प्रतिष्पर्धाका कुरा चर्को रुपमा अगाडि आउँछन। यस्तो रोग एक-दुइ मात्र होइन सबै ठाउँमा हुन्छ।

त्यसैगरी, गैरआवासीय नेपाली संघ जस्तो साझा मैदान मात्र होइन पत्रकार महासंघ जस्ता पेशागत सँस्थामा पनि लफडा चलेकै छ। गुटको प्रतिनिधित्व गर्ने होडमा जो जो पनि बोक्ने क्रममा कतिपय त कार्यसमितिमा जितेकाहरु कानुनी रुपमा पनि बैधानिक छैनन् भन्ने गुनासो पनि आउने गरेको छ।

काठमाण्डौमा पानी जहाज कुदाउँने उनका नेताको बकम्फुले भाषण पत्याउने देब्रेपंथीहरुले आफ्ना जति सबैलाइ कुश र अरुलाई झारपात संझने गरेका छन्।

यसैशील शिलामा युरोपको एउटा मिडियाले तथ्य परक कुरा लेख्यो भदै डरले भागेका देब्रेपंथीहरुले नेपालको प्रेस काउन्सीलमा पोल लेख्दा रहेछन। कुरा संथाको चलखेल र आर्थिक पाटिको थियो, अपारदर्शिताको थियो।

नेपालको प्रेस काउन्सीलको अधिकार क्षेत्र भनेको नेपाल हो। अनि त्यसलाई नबुझेकाहरुले युरोपको मिडियालाई पनि तर्साउनु पर्यो भन्दै इमेल लेखेझैं गर्दो रहेछ। पत्रकार महासंघ युरोपमा देब्रेपंथीहरुको बाहुल्यता छ भनिन्छ। अनि उनीहरुले महासंघलाइ पत्रकारको पेशागत कुरा भन्दा पनि राजनैतिक आदेशलाइ मान्ने गरको आरोप छ।

सरकार, संसार र संचार चलाउने पनि एउटा मर्यादा हुन्छ, सिमा हुन्छ अनि धर्म हुन्छ। बाँकी कुरा राज्यको प्रचलित कानुनले हेर्ने हो। तर यो कानुनी पाटो चाहिं देब्रेपंथीहरुले मान्नु नै पर्दैन भन्ने उनीहरुको दंभ छ।

लाग्ने गरेको आरोप चाहिं युरोपमा रहेको नेपाल पत्रकार महासंघ युरोप शाखामा देब्रेपंथीहरुको बाहुल्यता छ। त्यसैले उनीहरुले पत्रकारहरुको भन्दा नेपाल कम्यूनिष्ट पार्टीको धेरै आदेश सिरोधार्य गर्छन। पत्रकार-संचारकर्मीहरुको पनि विचार र अन्य पक्ष हेरेर भेदभाव गरिन्छ। कुनै व्यक्ति जमानामा नेपाली काँगेस नजिक रहेछ भने उसले महासंघको सदस्यता नै नपाउने सम्मका गुनासा छन्। उनीहरु प्रवासीमंच र अन्य संबन्ध व्यक्तिको बचाउ गर्छन तर पत्रकारको लागि भने विभेदकारी छन्।

बिचरा नेपालको प्रेस काउन्सीलका कार्यबाहक अध्यक्ष कोशोर श्रेष्ठ पनि भक्तपुरका कर्ण हेजुको हत्या काण्ड, नमिता सुमिता हत्या काण्डको अनुसन्धानात्मक लेखनबाट नै चर्चामा आएका हुन्। हेजु काण्डको समाचार लेख्दा सायद किशोर श्रेष्ठ ललितपुर माविमा कक्षा ९ मा पड्दै थिए होलान। अनि आज युरोपमा दर्ता भएको एउटा संचार माध्यमलाइ प्रमाण सहित लेखेको कारण कर्तुत खुलेपछि त्यहि नेपालको प्रेस काउन्सीलमा पोल दर्ता गर्दा रहेछन। अनि नेपालको प्रेस काउन्सीलले पनि काबा अध्यक्षलाइ पत्तै नदिएर उनै पत्रकारलाइ तर्साउने खाले इमेल लेख्दो रहेछ। यो एउटा पत्रकारिताको धर्म, मर्म र पेशागत कुरा त पटक्कै होइन। अनि युरोप क्षेत्र नेपाल प्रेस काउन्सिलको क्षेत्राधिकार पनि पर्दैन। बिचरा किशोर श्रेष्ठको मात्र बेइजति हो।

सायद यो सबै हेर्दै गरेको नेपाल पत्रकार महासंघ युरोप शाखालाइ रतन्धो होइन दिनन्धो भएको हुनुपर्छ। यदि एउटा पत्रकारको कुरा सहि रुपमा छ भने त्यहाँ बोल्न किन हिच्किच भन्ने प्रश्न दरो रुपमा उठेको छ। अन्यथा पत्रकारहरुको संस्था किन चाहियो ? एउटा राजनैतिक पार्टीको आवाज बोक्न त कुनै मिडिया या पार्टीको मुखपत्र नै काफी छ।

यति मात्र होइन काँगेसको कुरा गर्दा आफू पूर्व जन्ममा नै काँग्रेस भएको, सभापति देउबा र आफू त नजिकको भन्नेहरु चाहिं दुलामा लुक्दा रहेछ। युरोपमा नेपाली काँग्रेसको नेता र हिमायती भन्नेहरु आफ्नो समाचारको लागि चाहिँ चाकडी गर्छन। तर कुनै इस्यूमा लेख्दा समस्यता पर्दा भने बोल्न डराउँछन्। त्यसैले उनीहरु दिनमा सुत्ने लाटो कोशेरो जस्तै हराउँदा रहेछन।

युरोप जस्तो ठाउँमा बसेर पनि एउटा सहि र गलत बोल्न नसक्ने पत्रकार, संचारकर्मी र आफूलाइ नेता भन्नेको हालत देख्दा उनीहरुलाई होइन अरुलाई लाज भएको हुनुपर्ने हो।