जनसम्पर्क समिति अमेरिका साधारण सभाका लागि होटल बुकिङ खुल्ला

Hollywood Khabar March 11,2017 Comments

साथीहरु
जय नेपाल
साधारण सभाका लागि होटल बुकिङ खुल्ला
भर्जिनिया, अमेरिका,मार्च ११

नेपाली जनसम्पर्क समिति,अमेरिकाको अप्रिल २२ तारिखमा हुन लागेको पहिलो वार्षिक साधारण सभाको तयारी तीव्र रुपमा जारी रहेको छ। गत आइतवार साधारण सभा हुने होटलमा नै जनसम्पर्क समितिका सभापति आनन्द विष्ट,उप सभापति एवं साधारण सभा मूल व्यवस्थापन समितिका संयोजक केशब बराल, महासचिव मुनिन्द्र नेम्वाङ्ग,संगठन विभाग प्रमूख एवं केन्द्रीय सदस्य वेद खरेल, केन्द्रीय सदस्य एवं साधारण सभाका लागि गठित आर्थिक समितिका संयोजक गोपाल विश्वकर्मा,केन्द्रीय सदस्य गौतम दाहालसहितका पदाधिकारी र सदस्यहरुले स्थानीय आयोजक एवं समितिका सदस्यहरुसंग छलफल गरेपछि अहिले भर्जिनियामा रहेका समितिका सदस्यहरु निकै उत्साहपूर्वक साधारण सभा व्यवस्थापनको आ आफ्नो जिम्मेवारीमा जुटेका छन्।
यसैबीच मूल आयोजक समितिका संयोजक केशब बरालले साधारण सभामा सहभागी हुनेहरुका लागि होटल बुकिङ खुल्ला गरिएको जानकारी दिएका छन्। बरालले आज साँझ प्रेषित गरेको जानकारी अनुसार मनासासस्थित बेष्ट वेष्टर्न ब्याटलफिल्ड इन नामक होटलमा साधारण सभा सम्पन्न हुन लागेको र सोही होटलमा नै सहभागीहरुका लागि सहुलियत दरमा बस्ने कोठाको समेत व्यवस्थापन गरिएको छ। जस अनुसार साधारण सभामा सहभागी हुनेहरुले ८५ डलरमा कोठा बुक गर्न सक्नेछन्। यस्तो छुट लिनका लागि अप्रिल २ तारिखभित्र होटल बुक गरिसक्नुपर्ने सम्झौता आयोजकहरुका तर्फबाट होटल व्यवस्थापन समक्ष गरिएकोले छुटमा होटलको कोठा तत्काल बुक गर्न संयोजक बरालले सबैलाई अनुरोध समेत गरेका छन्।

बरालले आज जारी गरेको होटल कोठाको बुकिङ सम्बन्धी जानकारी जस्ताको तस्तै :

आदरणीय अग्रज एवं साथीहरु,
नेपाली जनसम्पर्क समिति,अमेरिका
जय नेपाल,

नेपाली जनसम्पर्क समिति,अमेरिकाको प्रथम वार्षिक साधारण सभामा सहभागी हुनका लागि मूल आयोजक समितिका तर्फबाट होटल व्यवस्थापन गरिसकेको सहर्ष जानकारी गराउँछौं | तसर्थ विशेष सहुलियत दरको छुटमा अप्रिल २ तारिखभित्र होटल बुक गर्नु हुन हामी सबैलाई अनुरोध गर्दछौं।   
होटल बुकिङका लागि :

होटल बुकिङ अप्रिल २१ र २२, २०१७ तारिखका दुइ दिन निश्चित गरिएको छ । होटल  बुकिङका लागि फोन नम्बरहरु : 703-361-8000 र 703-361-1508 गरेर आफ्नो Credit Card को विवरण उपलब्ध गराउनुपर्नेछ ।
होटल शुल्क ८५ डलर (एक रातको) लाग्नेछ । छुटको यो दररेट लिनका लागि बुकिङ गर्दा हाम्रो बुकिङ कोड NPRCC को नाम उल्लेख गर्नुपर्नेछ । होटल बुकिङ अप्रिल २ तारिख भित्र गरिसक्नुपर्नेछ ।
विमानस्थलको बारे :
साधारण सभास्थलमा हवाई माध्यममार्फत आउने साथीहरुले Washington Dulles International Airport (IAD), Virginia को टिकट लिनुपर्नेछ। यो नै साधारण सभास्थलबाट सबैभन्दा पायक र नजिकको एयरपोर्ट हो ।
साधारण सभा हुने होटलको नाम र ठेगाना:
Best Western Battlefield Inn.
10820 Balls Ford Rd,
Manassas, VA 20109
Phone :703-361-8000
यस वार्षिक साधारण सभा भर्जिनियामा यहाँहरु सबैलाई हामी हार्दिक स्वागत गर्दछौं |
अन्य जानकारी आवश्यक परेमा सम्पर्क गर्नुहोला ।
केशव बराल, संयोजक,
नेजस अमेरिका प्रथम वार्षिक साधारण सभा मूल आयोजक समिति एवं
उप सभापति, नेजस अमेरिका फोनः 571-216-8951