कृष्ण के सी/अमेरिका/११/२२/१९
नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले नेपाली जनसम्पर्क समितिहरुले आ-आफ्नो देशमा रहेका भारतीय राजदूताबासमा ज्ञापन पत्र दिनु राम्रो हो भनेका छन्।
नेकाँ प्रवक्ता शर्माले हलिउडखबरले गत नोवेम्बर २०, २०१९ का दिन राष्ट्रियता खतरामा हुँदा नबोल्ने र काँग्रेस पार्टीलाइ नसघाउने जनसम्पर्क समितिहरु भन्ने हेडलाइनमा पोष्ट गरेको समाचारप्रति जवाफ दिंदै सो कुरा बताएका हुन्। प्रवक्ता शर्माले नेपाली जनसम्पर्क समितिहरुले आ-आफ्नो देशमा रहेका भारतीय राजदूताबासमा गएर सौहार्द्रपूर्ण वातावरणमा बिषयलाई बुझाएर, प्रमाणहरु सहित ज्ञापन पत्र दिनु नेपाली काँग्रेस पार्टी मात्र होइन नेपालको लागि नै राम्रो हुन्छ भनेका छन्। उनले भने, यो राष्ट्रियताको बिषय हो, हाम्रो पार्टीको मात्र कुरा होइन, सिंगो देशको बिषयमा बोल्न पार्टीको धारणा कुर्नु पर्दैन। उसै पनि यस बिषयमा हामीले पार्टीको धारणा सार्वजनिक गरिसकेका छौं।
यति मात्र होइन म त भन्छु, विदेशमा रहेका जनसम्पर्क समिति, प्रवासी मंच लगायत सबैखाले नेपालीहरुले स्थापना गरेका संघ-सँस्थाहरुले यस बिषयमा बोलिदिंदा सपोर्ट हुन्छ। जहाँ सम्म हाम्रो पार्टीको कुरा छ, राजनैतिक रुपमा रुलिङ मतान्तर छ तर पनि हामीले सार्वजनिक रुपमा र सरकारसँग पनि प्रतिपक्षको हैसियतले राष्ट्रियताका बिसह्यामा समर्थन दिएका छौं, शर्माले भने।
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...