-नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट

समन्वय विभाग प्रमूख भटर्राईसँग सामान्य छलफल हो आधिकारी बैठक होइन

Hollywood Khabar June 19,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२०/२०

नेपाली कांग्रेस जनसम्पर्क समिति नर्थ अमेरिका क्षेत्रको बैठकमा गोविन्द भटर्राई उपस्थित हुने र जनसम्पर्कका बिशेष पदाधिकारीहरुलाई नै थाहा नभएको आवाजको जवाफ समितिका सभापति आनन्द बिष्टले दिएका छन्।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले यो समितिको आधिकारिक बैठक नभएर केहि बिशेष साथीहरुसँग छलफल मात्र भएको कुरा बताएका छन्।

सभापति बिष्टले बिषयलाई प्रष्ट पार्दै नेपाली जनसम्पर्क समिति नर्थ अमेरिका क्षेत्रका केन्द्रीय समिति, केन्द्रीय सल्लाहकार, वर्तमान एवं पूर्व महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु र नेजस अमेरिकाका सबै च्याप्टरका च्याप्टर सभापति साथीहरु समेतको अनौपचारिक छलफल मात्र हो। यो आधिकारिक रुपमा आयोजना गरिएको बैठक होइन, सभापति बिष्टले भने।

यो बैठक नभएकोले यसलाई कुनै निर्णय गर्नु पर्ने बिषय नै होइन। गोविन्दजी आफ़ैले त्यो क्षेत्रका केहि बिशेष साथीहरुसँग बिषयगत रुपमा केहि जानकारी लिन भेटघाटको बातावरण मिलाइदिन भन्नु भएको हो। यसलाई मैले सहजीकारण मात्र गरिदिएको हो आयोजना नै गरेको होइन भन्ने कुरा सभापति बिष्टको थियो।

यो संस्थाको कुनै आधिकारिक बैठक या भेला होइन। यसलाई कुनै निर्णय गरेर पत्राचार गर्नुपर्ने या निमन्त्रणा गर्न आवश्यकताको बिषय पनि होइन। यसमा अमेरिका र क्यानडाका जनसम्पर्क समितिका जिम्मेवार साथीहरुसंग सांगठनिक विषयमा छलफल गर्नको लागि बोलाइदिएको मात्र हो। यसलाई अन्यथा नलिन सभापति बिष्टको जवाफ थियो।