कृष्ण के सी/अमेरिका/२/१५/२०
नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने निर्णय पछि तयारी युद्ध गतिमा बढ्न थालेको छ। आगामी मार्च २८ र २९, २०२० मध्ये कुनै एक दिनमा सम्पूर्ण राज्य च्याप्टरहरुको आफ्नो अधिव्शन सम्पन्न गरिसक्नुपर्ने छ।
समितिका महासचिव मुनिन्द्र नेम्बाङ्गले हलिउडखबरसंग कुरा गर्दै भने-सम्पूर्ण च्याप्टरहरुलाई अधिवेशन गाइडलाइन, सदस्यता फर्म र अन्य आवश्यक्त कुरा पठाई सकिएको छ। अब यो अधिवेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न सबैमा हार्दिक अनुरोध गर्दछु, महासचिव नेम्बाङ्गले भने।
अब केन्द्रिय प्रतिनिधि पनि आगामी बैठकले निर्णय गरि तोक्ने छौ। कतिपय च्याप्टरहरुले त आफ्नो अधिवेशन पनि तोकी सकेको जानकारी प्राप्त भएको कुरा महासचिव नेम्बाङ्गले बताए। उनले न्यूयोर्क, टेक्सस र क्यालिफोर्निया राज्यका च्याप्टरहरुको मिति लगभग तय भैसकेको कुरा समेत उनले जानकारी दिए।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...