-राजन सुबेदी

स्थापनाको ६ वर्षमा पनि दर्ता हुन नसकेको जनसम्पर्क समिति नर्वे र मेरो योजना

Hollywood Khabar April 23,2019 Comments

राष्ट्र र राष्ट्रियताकाे नारा बाेकेर प्रजातान्त्रिक मूल्य र मान्यतालाई शिरमा राखेर स्थापना भएकाे नेपाली कांग्रसले सधै देश र जनताकाे नाउँमा राजनिती गर्दै आएकाे छ ।

देशलाई जहानिय राणाशासन र निरंकुश पंचायती व्यवस्थाबाट मुक्त गर्ने जनआन्दाेलनकाे प्रमुख शक्ति नेपाली कांग्रेस पछिल्लाे ०६२/०६३ मा भएकाे राजकिय शासनकाे अन्तय गर्ने निर्णायक आन्दाेलनमा पनि निर्णायक भूमिकामा नै रह्याे ।देशमा धेरै परिवर्तनहरू भए, धेरै बिकासका कामहरू पनि नभएका हाेईनन् तर जनताले प्रत्यक्ष रूपमा आभास गर्ने परिवर्तनहरू भने अझै हुन सकेकाे छैन ।

प्रजातान्त्रिक पद्दतीकाे वाेकालत गर्ने पार्टीले आफूभित्रनै याे पद्दतीकाे कति प्रयाेग गरेकाे छ भन्नेकुरा साधारणा राजनितिमा चासाे राख्ने व्यक्तिले पनि सहजै देख्न सक्छ । सहमित र मेलमिलापकाे नाउँमा बहुसंख्यक सदस्यहरूलाई बाहिर राखेर केहि व्यक्तिहरूले काेठामा बसेर गरिने निर्णयले पार्टीलाई कुन दिशातर्फ लैजादै छ भन्ने कुरा वर्तमान अवस्थाकाे मूल्याङ्कन गर्ने हाे भने प्रष्ट नै छ।

नेतृत्वमा नयाँ अनुहारहरू अगाडि आउन नदिने प्रथाले पर्टीलाई जरजर बनाएकाे छ। प्रजातान्त्रिक पद्दतीकाे वाेकालत गर्ने तर क्षमता भएका र केही गर्छु भन्ने अठाेट बाेकेका व्याक्तिलाई सहमितकाे नाउँमा पन्छाउने पद्दती अवलम्वन गर्ने परम्परा जहिलेसम्म नेपाली कांग्रेसले त्याग्न सक्दैन तव सम्म न नेपाली कांग्रेसकाे संगठन सुदृढ हुन्छ, न त देश र समाजलाई नेपाली कांग्रेसले प्रत्यक्षरूपमा सम्बाेधन गर्न सक्छ ।

चुनाबी प्रकृया भनेकाे एउटा यस्ताे प्रकृया हाे, जस्काे प्रयाेग गरी मतदाताले ईच्छुक उमेदवारहरूबाट आफूले चाहेकाे र विश्वास गरेकाे नेतृत्व चयन गर्न सक्दछन्। मतदानकाे प्रकृयामा जाँदैमा त्यसलाई कसैले मनमुटावकाे प्रकृयाकाे रूपमा अर्थ लगाउँदछ भने त्याे केवल व्यक्तिकाे संकिर्ण साेच हाे भन्दा अत्युक्ति नहाेला। नेतृत्वमा जान चहाने ईच्छुक व्यक्तिहरूपनि याे साेचबाट बाहिर निस्कन सक्नु पर्दछ। चुनावी प्रकृय भनेकाे मतदाताले स्वतन्त्र रूपमा आफ्नाे विवेककाे प्रयाेग गरेर आफ्नाे भावी नेतृत्व चयन गर्न पाउने एउटा सुन्दर र सरल बाटाे हाे।

चुनावी मैदानमा उत्रिने सबैकाे जित अकल्पनिय छ । एकापट्टी जित हुन्छ भने अर्काे पट्टी हार ।याे सत्य अकाट्य छ र यसलाई सबैले सहज रूपमा लिन सक्नु पर्छ। जितकाे घमण्ड र हारकाे हिनताबाेध कसैमा आउन हुन्न र ल्याईन दिन पनि हुन्न। चुनावी निर्णयलाई सहस्र स्विकार्न सक्नु नै विवेकशिल समाजकाे उदाहारण हाे।

जनसम्पर्क समिती नर्वेकाे आसन्न अधिवेशनले पनि नया नेतृत्व चयन गर्ने छ । सानाे समाज र थाेरै मतदाता भएकाे ठाउँमा चुनावी प्रकृयमा नजानु राम्राे या उचित हुन्,छ मिलेर जानु पर्छ भन्ने कुराहरू नउठेका हाेईनन्।

हाे एक पाटाेबाट हेर्दा मेलमिलापकाे प्रकृया पनि उचित नै छ तर अर्काे तर्फबाट नियाल्ने हाे भने नया समाज र परिपाटी निर्माणकाे सपना बाेकेका हामीजस्ता व्यक्तिले पनि त्यही काेठेराजनितीलाई प्राेत्साहित गर्ने हाे भने कसरी नया समाज र परिपाटीकाे निर्माण हुन्छ ? कसरी हामीले हाम्रा मतदाताहरूलाई न्याय गर्न सक्छाै ? मतदाताकाे भावनालाई वेवास्ता गरेर काेठाभित्र बसेर सिमित व्यक्तिहरूले चयन गरेकाे नेतृत्व समाज र संस्थाप्रति कसरी जवाफदेही हुन सक्छ ? अनि मतदाताकाे मतदान गर्ने नैसर्गिक अधिकारलाई सिमित व्यक्तिकाे सहमतीमा बन्चित गरीनु के प्रजातान्त्रिक परिपाटीकाे बिकाश हाे त ?

आज नर्वेमा जनसम्पर्क समिती गठन भएकाे झण्डै ६ बर्ष पुग्दा सम्म सामान्य दर्ताकाे प्रकृया पनि टुङ्गाे लागाउन सकिएकाे छैन। जस्ले गर्दा बिगतका र बर्तमान कार्यसमितीलाई बिभिन्न अप्ठ्याराहरू अाईपरेकाे बाहिरबाटनै प्रष्टरूपमा देखिन्छ ।शुरू गिरएकाे प्रकृयालाई किन अन्तिमरूप दिन सकियन भन्ने प्रश्न त आफ्नाे ठाउँमा छँदैछ ।

नेपाली कांग्रेसकाे भगिनी संगठन भएपनी जनसम्पर्क समितीले नेपालकाे केन्द्रिय राजनितीमा भन्दा यँही बसाेबास गर्ने नेपाली समाज केन्द्रित कार्यहरूमा बढी चासाे दिन सक्नु पर्छ भन्ने बुझाई छ । प्रदेशमा बसेर नेपाल र नेपालीलाई माया गर्नु अवश्य राम्राे हाे तर परदेशमानै बसाेबास गर्ने नेपालीहरूलाई जाेडेर संगठनलाई मजवुद र विस्तृत गर्न सक्याे भने त्याे अझै उत्तम हुन्छ भन्ने साेच र बुझाई अनि विगतमा नेपाल बद्यार्थी संग र नेपाली कांग्रेसकाे बिभिन्न पद र कार्यसमितीहरूमा बसेर काम गरेकाे अनुभवकाे आधारमा जनसम्पर्क समिती नर्वेलाई एउटा अर्काे नयाँ उचाईमा पुर्याउन सक्छु भन्ने बिश्वासले आसन्न अधिबेशनमा आफूलाई अध्यक्षकाे उमेदवारकाे रूपमा अगाडि सारेकाे छु ।

सम्पूर्ण मतदाता महानुभावहरूमा पुन एकपटक आफ्नाे कार्ययाेजना प्रस्तुत गर्दै तपाईँहरूकाे स्वतन्त्र विवेककाे प्रयाेग गरी मतदान प्रकृयमा सहभागी भई आफ्नाे अमूल्य मतकाे प्रयाेग गरी जनसम्पर्क समिती नर्वेलाई एउटा नयाँ उचाईमा पुर्याउने मेराे याेजनालाई साथ दिनुहुन अनुराेध गर्दछु ।

माेराे कार्ययाेजना हरूः

१) जनसम्पर्क समितिले बार्षिकरूपमा आयाेजना गर्ने सम्पूर्ण कार्यक्रमहरूलाई व्यवस्थित र बिस्तृत गर्नकाेसाथै एउटा स्थाई रूप दिनकाेलागि जनसम्पर्क समिति कार्यक्रम पुस्तिकाकाे निर्माण गरिने छ ।

२) जनसम्पर्क समिति हालसम्म प्राय अाेस्लाेमा मात्र सिमित जस्ताे देखिन्छ । यसलाई नर्वेमा छरिएर रहेका सम्पूर्ण प्रजातन्त्रप्रेमी नेपालीहरूसम्म पुर्याउने बिशेष पहल गरिने छ ।

३) सम्पूर्ण नर्वेबासी नेपाली श्रमजिवीहरूकाे हक हितकाे सम्बर्द्धनकाे लगि स्थानिय श्रमजिवी सँग सँगठनहरूसँग समन्वय गरेर छलफल तथा बिचार गाेष्ठिहरूकाे अायाेजना गरिने छ । जसले जनसम्पर्क समिति नर्वेकाे साथै नेपाली काँग्रेसकाे सँगठन बिकासमा पनि ठुलाे सहयाेग गर्ने बिश्वास लिएकाे छु ।

४) नर्वेमा बिद्यार्थिकाे रूपमा वा अन्यरूपमा आउने नेपालीहरूकाे नर्वे बसाईलाई सहज र सरल बनाउन केहिदसम्म भएपनि याेगदान पुग्नेगरी बार्षिकरूपमा एउटा सार्थक स्वागत तथा भेटघाट कार्यक्रमकाे आयाेजना गरिने छ ।

५) जनसम्पर्क समिति नर्वेकाे तर्फबाट नेपालमा सानैमात्रामा भएपनि शिप र प्रबिधि भित्र्याउने उद्देश्यले यहाँका कुनै विश्वबिद्यालयसँग समन्वय गरि यहाँ अध्यनरत बिद्यार्थीहरू, यहाँका बिज्ञहरू र नेपाल सरकारकाे प्रतिनिधीलाई सँमलग्नगरी कार्यशाला, गाेष्ठि तथा सेमिनारहरूकाे अायाेजना गरिने छ ।

यी बाहेक जनसम्पर्क समिति नर्वेकाे बिधानमा जनाईएका अन्य बिषयहरूलाई सम्बाेधन हुनेगरि साथीभाई र अग्रजहरूकाे सल्लाह र सुझावमा बिभिन्न अन्य कार्यक्रमहरू समय समयमा गरिने छ ।

तपाईँहरूले मलाई बिश्वास गर्नुभएकाे अबस्थामा मैले मेराे तर्फबाट तपाईँहरूलाई निराश नबनाउने र जनसम्पर्क समिति नर्वेकाे अाजसम्मकाे शाखलाई खस्किन नदिने प्रतिबद्दता पनि यसै बिज्ञप्तिमार्फत ब्यक्त गर्दछु ।

जय नेपाल

राजन सुबेदी