जनसम्पर्क समिति अमेरिका प्रथम साधारण सभा सम्पन्नसँगै सेलायो

Hollywood Khabar May 09,2017 Comments

कृष्ण के सी

आफ्नो एक दशकको लामो इतिहासमा पहिलो पटक प्रथम साधारण सभा सम्पन्न गरेको नेपाली जनसम्पर्क समिति अमेरिका सो पछि भने सेलाएको छ। 

सभावाट आगामी नोवेम्बर २०१७ मा तेश्रो अधिवेशन गर्ने र सेप्टेम्बर सम्म सम्पूर्ण च्याप्टरहरुको अधिवेशन गरिसक्ने निर्णय गर्दै सम्पन्न भएको साधारण सभा पछि कार्यसमतिले च्याप्टरहरुको अधिवेशन निर्देशन र कार्य तालिका दिंदै जानु पर्नेमा संस्था नै शान्त भएको छ। रमाइलो कुरा त के भने कार्यसमतिको बिरोध गर्नेहरुले पनि सोही शान्तिको मौन धारण गरेका छन्। सयाद कृयाको प्रतिकृया भने जस्तै होला।

सधै झगडा सुन्ने बानी परेका आम काँग्रेसीहरुलाई आजकल जनसम्पर्क समितिको झगडा मात्र होइन शान्त अवस्था देखेर सायद नेपालमा त फर्केनन् भन्ने अवस्था आएको छ। हामी मिडियाकाहरुलाई भने खुराक हराएको छ। अब ओकिलले मुद्धा बढाउँछ, डाक्टरले रोग भने जस्तै मैले पनि खुराक बधाउन यो खुराक नै बढाएको त होइन तर अवस्था भने शान्त हो। एका तिर आसन्न नेपालको स्थानिय चुनाव अर्को तिर NRNA अमेरिकाको चुनाव एकै साथ छ तर समति भने शान्त छ। 

एउटा आरोप छ कि जनसम्पर्क समितीले NRN मा कब्जा जमायो भन्ने। यो अर्थमा कि प्रायजसो NRNA अमेरिकाका पदाधिकारीहरु जनसम्पर्क या नेपाली काँग्रेससंग नजिक थिए र छन् पनि। तर यो पटक भने तेस्तो अवस्था छैन। नेपालको राजनैतिक पार्टीका नजिकका अन्य दुइवटा संस्थाहरु पनि लगभग प्यारालाल रुपमा नभएता पनि दरो रुपमा चुनौती दिने अवस्थामा आइसकेको अवस्था छ।

एकातिर त्यो आरोपलाइ जसमा बदल्न उसले आफ्ना समर्थक र सद्भावना राख्ने मध्येबाट राम्रा, सक्षम, निश्कलंक व्यक्तिहरु NRNA मा जिताउन जोडदिनु पनि छ भने अर्कोतिर समिति आफै संस्थागत रुपमा गतिबिधिमा जानु जरुरी छ। अवस्य पनि एउटा संस्थाले अर्को संस्थाको पदमा औपचारिक रुपमा घोषणा गरेर चुनावमा सघाउन मिल्दैन तर आन्तरिक रुपमा र आफ्नो लुर्कोलाइ प्रयोग गर्दै कसैलाई सपोर्ट गर्ने धारण भने राख्न सक्छ।  

त्यो दुवै महत्वपूर्ण काम थाँती राखेर राजनैतिक आस्थाको संस्था चुप बस्नु हामी जस्तो हेर्ने व्यक्तिहरुका लागि राम्रो देखिंदैन। हुन त समिति भित्रकै महत्वपूर्ण व्यक्तिहरुले एमाले समर्थित प्रवासी नेपाली मंचले उठाएका अध्यक्षका उम्मेद्वारकालाइ च्यापेर हिंडेको अवस्था छ। तर जानिफकारहरुले भने तेसलाई प्रयोग गरेको साध्य हो, यथार्थमा उनीहरुको उम्मेद्वार अर्कै छन्, यसलाई कुसल राजनीति गरिएको हो भनिएता पनि साधारण र ठाडो भाषामा भने यसलाई मुर्गा बनाउने या घाँस हाल्ने भन्ने गरिन्छ। उनीहरुले कसैलाई घाँस हालेका छन् त्यो कुरा निर्वाचनको परिणाम सम्म होइन नोमिनेशन नपुग्दै खुल्ने छ। 

हुन त नेपाली कांग्रेसका इतिहास बोकेका ब्यक्ति नै तीन/तीन जना अध्यक्षका उम्मेदवार हुँदै-हुँदै एमालेका उम्मेदवार बोक्न मिल्दैन मात्र होइन त्यसो गर्नु भनेको समतिको पदमा पस्ने नैतिकताले नै दिंदैन भनेर एकजना जनसम्पर्क सम्तिकै केन्द्रिय सदस्यले भनेक छन।अब कुरा कसरी अगाडि बढ्ला त्यो भने हेर्न बाँकी छ। जे सुकै भनिएता पनि समिति सुन-सान भएको अवस्था भने हो।