जनसम्पर्क समिति अमेरिकाको साधारण सभाको तातो पीरो

Hollywood Khabar March 28,2017 Comments

कृष्ण के सी
नेपाली काँग्रेसको इतिहास हेर्ने हो भने धेरै पटक अन्धो भएर निर्णय गरेको छ। धेरै पटक भातृ संस्थाका अधिवेशनहरु मुखमै गएर रोकिदिने या स्थगन गर्ने या समय सारिदिने जस्ता अन्धा निर्णय भएका छन्। तेसैले काँग्रेस या यसका भातृ संस्थाको अधिवेशन भने पछि समापन नभए सम्म सफल हुने कुरामा सबैको शंका रहनु भनेको काँग्रेस आफैले आफै माथि बनाएको ऐतिहासिक दाग हो। हरेक पटक गरिने तेस्तो स्थगनको निर्णय ठूलो कारणले होइन केवल कुनै गुट या नेताको सजिलोको लागि मात्र हुने गरेका छन्।
जन सम्पर्क समिति अमेरिकाको अर्थमा पनि कुरा तेस्तै भएको इतिहास छ। डा सुरेन्द्र देवकोटाको पाला देखि हेर्दा कहानीमा धेरै घुम्ती र सम्बन्धमा धेरै दरार आएका छन्। तेसैको कारण हो जनसम्पर्क समिती अमेरिका एउटा स्थिर रुपमा गतिमा लिन नसक्नु। अझै भनौ, ऐतिहासिक पाटो भनेको नेपाली काँग्रेसको खानदानी लुतो जस्तो चिलाउने र कानाउने अनि अनावश्यक विवाद मात्र गर्ने, कित्ताकाटेर बस्ने एका खाले दिर्घ रोग छ समितिमा।
समतिको विवादको प्रमुख कारण भने केही पनि हुँदैन। केवल अबको अध्यक्ष को हुने या पहिलो चुनावमा कसले कसलाई सहयोग गर्यो या गरेन, पार्टी अधिवेशनमा को जाने, को जनाने भन्ने मात्र हो। झगडाको कारण नै तेत्ति हो- बेमौसममा, बेतुकमा र बिना अर्थमा। अनि एउटाले अर्को दबाउने होडमा संस्था कता पुग्छ कता। तेसको असर भनेको बिधान अनुसार हुनुपर्ने समितिको बार्षिक साधारण सभा नै एक दशक सम्म भएको छैन। यो एक किसिमको लाजमर्दो कुरा हो।


एक दशकमा पहिलो पटक यही अप्रिल २२, २०१७ मा भर्जिनियामा गर्न लागिएको यो साधारण सभा रोक्न सम्बद्ध मध्ये एउटा टुकडी मरी मेटेर लागि परेको छ। आसन्न पहिलो साधारण सभाको मिति मात्र होइन, होटल बूकिङ् सुरु भयो, धेरै जनाले छुट्टी मिलाएर फ्लाइट टिकेट समेत लिएका छन, प्रचार र तयारी तिब्र छ। एउटा सिंगो टिम साधारण सभा सम्पन्न गर्न लागेको बेला पूर्व सयोजक बिष्णु सुबेदीको खण्डीकृत टुकडी भने सो सभाको विपक्षमा छ। के र कसको लागि?
सुवेदीकै संयोजनमा अघिल्लो पटक एकताको दोश्रो अधिवेशन भएर आनन्द बिष्टको अध्यक्षतामा वर्तमान कार्यसमिति आएको हो। सो अधिबेशन सफल गराउन थुप्रै काँग्रेस जनहरुको हात भएता पनि संयोजक भएको नाताले जस भने बिष्णु सुवेदीलाई जान्छ। तेही सफलताको ब्याज खोजेर बिरालोले चुलोको तातो तापे जस्तो ढुक्नु स्वभाविक भने होइन।
गुटको स्वार्थ नराख्दा हिरो बनिन्छ भन्ने कुरा पछिल्लो पटक अध्यक्ष बिष्ट र आफ्नै इतिहास मेट्ने सुवेदीमा उल्टो प्रभाव परेको छ। कालान्तरमा गएर आफ्नो त्यो सफल र ठूलो शक्ति बिष्णु सुवेदीले गुमाउँदै जानु भयो। आफ्नै टिमका दुइ तिहाइ सहचारी बाहिरिएको अवस्थामा पनि अझै उल्टा बाटो खोज्दा नतिजा भने नकारात्मक हुँदै गएको छ। तेसको उल्टो असर सबै भन्दा तल्लो स्तरमा मिडियाको गाली समेत खाएका बिष्ट केवल एउटै बोल्ड निर्णयबाट हिरो भएको अवस्था छ। राम्रो काम गर्न समय लामो होइन दिमाग र तरिका ठूलो चाहिन्छ। यस्तो नआवोस कि आनन्द बिष्ट दोहोरिने माग नआवस।
तेसको कारण भनेको पछिल्लो समयमा समितिलाई एक बनाउन जुन निर्णय गरियो त्यो स्वार्थ नराखेर गरेको हुनाले बिष्टको हाइट बढेको हो। तर हिजोको दिनमा सुवेदीले अधिवेशन सफल बनाउन सकेकोमा सुशीलदाको समेत स्यावासी पाएका व्यक्ति संस्था भन्दा एकल स्वार्थ लिंदै जाँदा एक पछि अर्को हुँदै असफल मात्र होइन एक्लिंदै गएको अवस्था छ। कारण हो स्वार्थ।
अब कुरा के त ?
पहिलो- “स्वार्थ”, नेपाली काँग्रेसको गत महाँधिवेशनमा आफ्नो टिमकै महासचिव या बरिष्ठ उपाध्यक्ष मध्ये एकलाई महाधिवेशन प्रतिनिधि सिफारिस गर्नु पर्नेमा सदस्य प्रमोद सिटौला छान्नु नै उहाँले आफ्नो टिमको कद घटान सुरु गर्नु भएको हो।
दोश्रो, कहिले आनन्द बिष्टसंग मिलेर त कहिले अन्य कारणले खेल खेल्दा खेल्दै एक्लै हुँदा-हुँदा झगडा मिलानको अवस्थामा पनि सुवेदीको रोल रहेन। समिति एकातिर गयो सुवीदी प्रतिवादी जस्तो हुँदै अर्कोतिर जानुभयो।  
तेश्रो नराम्रो काम भनेको बिद्रोहको प्रयास र समानान्तर संस्था बनाउन प्रयास गर्नु। एक पछि अर्को हर्कत गर्दै जाँदा सबै प्रयास असफल हुँदै गएका सुवेदीजी अन्तत साधारण सभा रोक्न तर्फ बढ्नुभयो। पहिला आफै अधिवेशन गराउन लागि पर्ने, ऐले रोक्न लागि पर्ने यो कस्तो तरिका हो? के का लागि ? यो खेलमा तपाइँ र म अनि साधारण सदस्यलाइ के फाइदा? संस्थाको नियमित सभा एक दशक सम्म भएको छैन त्यो पनि पहिलो सभा। अनि तेसलाई रोक्नु किन पर्यो भन्ने कुनै जाहेज कारण भनेको छैन।
साधारण सभा किन हुनुपर्ने ?
एउटा संस्था जीवित रहन गतिबिधी हुनुपर्छ। अधिवेशनको बेला निर्वाचनमा बढी ध्यान जाँदा बिधान र अन्य कुरा ओझेलमा पर्छन। राजनैतिक प्रभावको संस्था भएकोले चुनावको कारण आपसमा मुटाव भएको हुन्छ। अनि सबैको ध्यान चुनावमा हुन्छ। तेसैले यो साधारण सभा गरेर बिधान र संस्थाका अरु कुरा राम्रो बनाउन सके, च्याप्टर गाइडलाइन अनि बिधानमा आर्थिक पाटो जोड्न सके, निर्वाचन प्रकृया, संस्थाले अन्य सामाजिक र आम नेपाली समुदायको समेत हितका कार्यहरु कसरी गर्ने भन्ने जस्ता कुराहरुमा घनिभूत छलफल गरेर एउटा नीति र बिधानको बाटो बनायो भने संस्था राम्रो हुने थियो। तेसैले पनि एउटा मार्ग निर्देशन गर्न यो सभा हुनु जरुरी छ।
त्यस पछि नेतृत्वमा जो गए पनि कुनै फरक पर्दैन। जनसम्पर्क समितिले नेपालको सरकार बनाउने होइन। केवल अमेरिकामा रहेका नेपाली काँग्रेसका आस्थावानहरु प्रति नजिक हुने हो। लडाइ किन? बरु त्यो सभामै गएर आफ्ना कुराहरु राखेर मन जित्ने कार्य गर्नुहोस सुवेदीजी मेरो सुझाव यही छ।