-चियापान कार्यक्रम

नेपाली जनसम्पर्क समिति अमेरिकाले चियापान कार्यक्रम गर्दै

Hollywood Khabar November 09,2018 Comments

न्यूयोर्क/अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिकाले न्यूयोर्कमा नोवेम्वर ११ आइतबारका दिन चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ।

मातृपार्टी नेपाली कांग्रेसको परम्परागत चियापान कार्यक्रमलाई अमेरिकामा पनि निरन्तरता दिने गरी समितिले यस्तो कार्यक्रम गर्न लागेको हो। कांग्रेसले परम्परागत रुपमा दशैं र तिहारको बीचमा यसरी चियापान कार्यक्रम गर्दै आइरहेको छ । यस वर्ष पनि गत साता कांग्रेसले चियापान गरिसकेको छ।

आपसी भेटघाट, शुभकामना आदान-प्रदान र सौहार्द्रता कायम गर्नका लागि समितिले यहि आइतवार चियापान गर्न लागेको कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका समितिका सभापति आनन्द विष्टले जानकारी दिनु भएको छ।

विष्टले न्यूयोर्क वरपर रहनु भएका सबै कांग्रेसजन र शुभेच्छुकलाई आइतवार हुन लागेको चियापानमा सहभागिताका लागि आमन्त्रण समेत गर्नु भएको छ। 'कांग्रेसको परम्परालाई निरन्तरता दिदैं आपसी भाइचारा अभिवृद्धि गर्न र आत्मियता साटासाट गर्न चियापान गर्न लागिएको हो-विष्टले भन्नुभयो।