जनसम्पर्क समिति अमेरिकाको सांस्कृतिक विभाग गठन

Hollywood Khabar March 07,2017 Comments

न्यूयोर्क, अमेरिका/मार्च ८

नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय सांस्कृतिक विभाग गठन भएको छ। विभागका प्रमूख एवं समितिका केन्द्रीय सदस्य सुवास लामाले आफ्नो फेसबुक वालमार्फत विभागलाई पूर्णता दिएको जनाएका छन्। 

विभागमा हाल अमेरिकामा रहेका विभिन्न क्षेत्रका परिचित कलाकारहरुलाई समावेश गरिएको छ। २४ सदस्यीय विभागको सदस्य सचिवमा सुरेश दर्पण पोखरेललाई मनोनयन गरिएको विभाग प्रमूख लामाले जनाएका छन्। फेसबुक वालमा लामाले लेखेका छन्, सांस्कृतिक बिभाग अन्तर्गत कला क्षेत्रका ख्याती प्राप्त अनुभवी कलाकारहरु आबद्ध छन्। उहाँहरुले गरेको योगदानलाई कदर गर्दै गरिएको यो मनोनयनले संगठन बिस्तारलाई सहयोग मिलेको छ। लामाले अप्रिल २२ तारिख भर्जिनियामा हुन लागेको समितिको वार्षिक साधारण सभामा सहभागिताका लागि सबैलाई आव्हान गर्दै विभागले सोही साधारण सभामा विशेष सांस्कृतिक कार्यक्रम गर्ने तयारी भैरहेको समेत जनाएका छन्।

यस्तो छ समितिको सांस्कृतिक विभाग 

प्रमूख: सुवास लामा (न्यूयोर्क), सदस्य सचिब: सुरेश दर्पण पोखरेल (मेरिल्यान्ड) र सदस्यहरु पबिता परियार (न्यू ह्याम्प्सायर), बिक्रान्त बस्नेत (न्यूयोर्क), अनुपमा प्रसाई (भर्जिनिया),दधि अर्याल (न्यू मेक्सिको), बिन्दु सापकोटा (क्यालिफोर्निया), आङगेलु शेर्पा (न्यूयोर्क), संजिता कोईराला (न्यूजर्सी), शंखनारायण प्रजापति (न्यूयोर्क), राम श्रेष्ठ (न्यूयोर्क), गंगा लामा खनाल (न्यू ह्याम्सायर), टोप डाँगी (अस्टिन,टेक्सास ), ज्ञानेश्वर अमात्य (टेक्सास), सरिता लामा स्याङ्ग्बो (क्यालिफोर्निया), सुबास अधिकारी (टेक्सास), दिपक राना (भर्जिनिया), शान्ती भुषाल (कोलोराडो), निरज कार्की (मिचिगन), गणेश तामाङ (क्यालिफोर्निया), सुर्य खडका (न्यूयोर्क), बिनोद भाट (न्यूजर्सी), अमृत बिश्वकर्मा (मेरिल्यान्ड)  र अर्जुन ढकाल (क्यालिफोर्निया ) रहेका छन्।