-जनसम्पर्क अमेरिकाले विदेशमा बस्ने नेपालीको मताधिकारको लागि महामहिम राजदूत डा कार्कीलाइ ज्ञापन पत्र बुझायो

जनसम्पर्क अमेरिकाले विदेशमा बस्ने नेपालीको मताधिकारको लागि महामहिम राजदूत डा कार्कीलाइ ज्ञापन पत्र बुझायो

Hollywood Khabar September 18,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१९/१९

नेपाली कांग्रेसले विदेश स्थित भात्री संगठन नेपाली जनसम्पर्क समितिहरुले नेपालको सम्मानित सर्वोच्च अदालतले निर्देशन गरेबमोजिम बिदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि पहल गर्न निर्णय गरेको थियो।

सोहि निर्णय अनुसार नेपाली जनसम्पर्क समिति अमेरिकाले विदेशमा रहेका नेपालीहरुले नेपालको निर्वाचनमा मताधिकार पाउने ब्यबस्था गर्न भन्दै वासिगटन डिसीस्थित नेपाली राजदुतावासमा एक ज्ञापन पत्र बुझाएको छ।

समितिका सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टको नेतृत्वमा राजदुताबास पुगेको टोलिले महामहिम राजदुत डा अर्जुन कार्कीलाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्र बुझेपछि महामहिम राजदुत डा कार्कीले ज्ञापन पत्रलाई जस्ताको तस्तै नेपाल सरकार समक्ष पेश गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो। कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग, च्याप्टर सभापतिहरु, गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु, अभियन्ताहरु, संचारकर्मीहरु र अरु नेपालीहरुको पनि उपस्थिति रहेको थियो। 

सो बिषयमा हलिउडखबरले यस अघि नै नेपाली काँग्रेस पार्टीका प्रवक्ता बिश्व प्रकाश शर्मासँग कुरा गर्दै सो निर्णयको समाचार पोष्ट गरिएको थियो।