जनसम्पर्क समिती अमेरिकाको प्रथम ऐतिहासिक साधारण सभा हुँदै

Hollywood Khabar February 20,2017 Comments

नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिको फेब्रुअरी १९ मा बसेको पूर्ण बैठकले संगठनको प्रथम ऐतिहासिक वार्षिक साधारण सभा अमेरिकाको भर्जिनिया राज्यमा गर्ने निर्णय गरेको छ।करिब १२ बर्षको संगठनको ईतिहासमा प्रथम पटक संस्थालाई चलायमान बनाउने हेतुले सम्पन्न हुन गैरहेको प्रथम साधारण सभा - २०१७, आगामी अप्रिल महिनाको २२ तारिख शनिवारका दिन भर्जिनियामा गरिने निर्णय गरेको छ ।

बिशेषत : प्रथम साधारण सभा आयोजना, तयारी, ब्यबस्थापन र समिती निर्माण निर्णयका लागि आयोजित केन्द्रिय समितिको बैठकले बिभिन्न निर्णयहरु गरेको संगठनका महासचिव मुनिन्द्र नेम्वाङले जनाउनुभएको छ । संस्थाको साधरण सभा भर्जिनिया राज्यको मेट्रो एरियामा गरीनेभएकोले केन्द्रिय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी नेजस, भर्जिनिया च्याप्टरलाई दिने निर्णय गरेको छ ।

संस्थाका कोषाध्क्ष बिजय थुलुङले अस्वस्थ भएको कारण आफूले आर्थिक संयोजकको जिम्मेवारी लिन नसक्ने कुराको जानकारी दिए पछि साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिने निर्णय गरेको छ।

संस्थाको गतिविधिलाई अभिलेखको रूपमा राख्नका लागि नेजसको प्रथम केन्द्रिय साधारण सभाका लागि 'स्मारिका' प्रकाशन गर्ने निर्णय गर्दै स्मारिका प्रकाशनको जिम्मेवारी केन्द्रिय प्रचार बिभागलाई दिने र प्रधान सम्पादकको जिम्मेवारी केन्द्रिय सदस्य एवं प्रचार प्रसार विभाग प्रमुख गोकुल ढकाललाई दिने निर्णय गरेको छ ।

संस्थाको विधान र च्याप्टर गाईट लाईनमा देखिएको असमझदारी, असहमती र समस्याहरूको अन्त्य गरी एकरूपता ल्याउनका लागि एउटा “विधान तथा च्याप्टर गाईट लाईन” संशोधन एवम मस्यौदा समितिको गठन गर्ने निर्णय गर्दै, कानुन विभागका प्रमुख पिताम्बर भुषाललाई संयोजकको जिम्मेवारी दिईएको छ । साधरण सभामा सहभागी सबैलाई मनोरंजन दिलाउने उदेश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय गर्दै, केन्दीय सदस्य एवम  सांस्कृतिक विभाग प्रमुख सुवास लामालाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

साधरण सभा हुनु भन्दा अगाडि यदि कुनै च्याप्टरहरूको समय अवधि समाप्त हुदैछ भने साधरण सभा हुने मिति सम्मसम्मा अवधि थप्ने र त्यस पछाडिको च्याप्टरको समय अवधि भने साधरण सभाले तय गर्ने निर्णय गरेको छ ।

यसमा सदस्य किलन राईले च्याप्टरको समय अवधिथपिएकोमा “नोट अफ डिसेन्ट “लेख्ने तर बहुमतले गरेको निर्णय आफुले स्विकार गर्ने  कुरा राख्नुभएको थियो । सबै च्याप्टरहरूको अधिवेशन 2017 को  सेप्टेम्बर भित्र गरीसक्नुपर्ने निर्णय गर्दै, केन्द्रीय अधिवेशन समयमा नै गर्नका लागि साधरणसभा बाट मिति तय गर्ने निर्णय गरेको छ ।

कन्फरेन्स बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरू :

१. सभापति- आनन्द विष्ट

२. बरिष्ठ उप-सभापति- धनन्जय नरसिंह केसी  

३.उप-सभापति-भगवान मैनाली 

४.उप-सभापति- चेत प्रसाद पौडेल

५.उप-सभापति- केशब बराल

६.महासचिव- मुनिन्द्र नेम्बाङ

७.सचिव- ईश्वर सापकोटा

८.सचिव- भोजराज ठोकर

९.कोषाध्क्ष- बिजय थुलुङ

१०.सदस्य- वेद प्रसाद खरेल

११.सदस्य- ज्ञानेन्द्र राज कार्की

१२.सदस्य- प्रमोद सिटौला

१३.सदस्य- ओम भट्टराई

१४.सदस्य- सुवास लामा

१५.सदस्य- अमृत भट्टराई

१६.सदस्य- सुन्दर गुरुङ

१७.सदस्य- सुभेन्द्र रानाभाट

१८.सदस्य- गोपाल विश्वकर्मा

१९.सदस्य- माया कडायत

२०.सदस्य- गोकुल ढकाल

२१.सदस्य- किलन राई

२२.सदस्य- सन्तोष पहाडि

२३.सदस्य- रविन बस्नेत

२४.सदस्य- पविता परियार

२५.सदस्य- परमानन्द खनाल

२६.सदस्य- चन्द्रकान्त धिताल

२७.सदस्य- गौतम दाहाल

२८.सदस्य- गोविन्द लम्साल

#(बैठकमा सिटौलाले साधारण सभाको आयोजनाका बारे आफ्नो असहमती जनाउनुभएको थियो) । 

नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापती आनन्द बिष्टले संस्थाको यो ऐतिहासिक साधारण सभाले संस्थालाई मुर्त र जागरुक राख्न अझ टेवा पुग्ने कुराले आफु अत्यन्त खुशी रहेको जनाउनुभएको छ। संस्थाभित्र साना-तिना झमेलाहरु नदेखिएका होईनन, एक होईन, दुई होइन- तीन तीन चोटी पार्टीका केन्द्रिय पदाधिकारीहरुको रोहवरमा समस्या सामाधान गरिएको नजीर रहेकोले अझै केही समस्याहरु भए संस्थाको साधारण सभामा छलफल गरौं' सभापती बिष्टले थप्नुभयो 'यो भन्दा ठुलो ऐतिहासिक अवसर ईतिहासमा फेरी नआउला ।' संस्थाको निती, नियम र ईतिहासलाई सर्बोपरी सम्झेर यो प्रथम साधारण सभा सफलताका लागि सबैलाई एक्बद्द भएर अघी बढ्नुहुन जनसम्पर्कका सम्पूर्ण आदरणीय सदस्य एवम शुभचिन्तक महानुभावहरुलाई सभापती बिष्टले आग्रह गर्नुभएको छ।  

 

गोकुल ढकाल 

प्रमुख, नेजस प्रचार बिभाग