जनसम्पर्क समिती अमेरिकामा समानान्तर प्रयास

Hollywood Khabar February 18,2017 Comments

कृष्ण के सी २/१९/१७

पाय मेरो नपाए कसैको न कसैको भन्ने कुरा राजनीतिमा हुने गर्दछ। तेस्मा पनि नेपाली राजनीतिमा धेरै हावी छ यो परंपरा।नेपाली जनसम्पर्क समिती अमेरिकाको एक महिना पहिला मात्र टेक्सास राज्यमा भएको एक बैठकबाट रिति-बिधि अनुसार राइट ट्रयाकमा फर्केको समितिका अर्को एक टुकडीले फेरी अर्को बखडा सुरु गरेको छ।

झगडा मिलाउने कुराको बिरोधमा केही व्यक्तिहरु थिए।सधैं झगडा गर्नुपर्ने कारणको खोजी गर्ने हो भने कुनै कारण नै छैन मात्र होइनन आवश्यकता नै छैन।अब धान्न पनि सकिन्न, जो झगडाको बखडा खोज्छ त्यो तिरस्कृत हुनुपर्छ या कसैले पनि बाल दिनुहुन्न।  

झगड्याहरुको पछाडी किन लाग्ने? के फाइदा? कसैसँग चित्तबुझ्ने जवाफ भए मलाई दिनुहोला।हामी अमेरिका बसेका काँग्रेसीहरुको राजनीति भनेको आस्थाको हो। हामीलाई काँग्रेस चाइएको होइन-काँग्रेसलाई हामी चाइएको अवस्था हो। गैर आवासिय नेपालीहरुका बारेमा कतिजना काँग्रेसीहरुले बोलेका छन्? नेपालमा जाँदा तपाइलाई कतै ठाउँ दिन्छन? अमेरिका बस्ने कति परिवार नेपाल फर्कने अवस्थामा छन्? जवाफमा अलिअलि या केही परिवार।अनि नेपालका लागि हामीले सकृय राजनीति गर्नुपर्ने कारण के ? किन हामी अमेरिकी मुलधारको बिकास तिर आएका छैनौ? बिगत १० वर्षमा यो प्रयास गरेको भए हालसम्म कम्तिमा एउटा नेता जन्मंन्थ्यो होला। कति पटक र कतिवटा भेलामा हामीले अमेरिकामा बसेका नेपालीहरुको पक्षमा सोचेका छौं त ? 

कसैका भाइ-भतिजा नेपालमा पार्टीमा होलान, कसैलाई भविष्यमा नेपालमा राजनीति गर्नुछ, कसैको पदिय लालचा छ, कसैलाई देखाउन कै लागि झगडा गर्नुछ भने हामी किन तपाइँको पछाडि लाग्नु पर्ने? तपाइँ र मेरो लागि कसैले झगडा गरेको छ? अमेरिकामा भएका नेपालीहरुको लागि तपाइहरुले झगडा गरेको छ? डा शशांक कोइराला र शेर बहादुर देउबाको पछाडी को लाग्ने भनेर तपाइको झगडामा दुनियाँ किन लाग्ने त्यो पनि दशकौं। नेपाली कम्यूनिटीलाइ के दिएको छ तपाइहरुले र तपाइहरुको पछाडी नेपाली समुदाय लाग्नु ? संस्थाको बिधान र हालसम्म भएका कुनै पनि कुरामा एउटा पनि बुँदा नेपाली अमेरिकीहरुको  हितमा भएको देखाउनुहोस बल्ल पछि लागौंला।जब तपाइको टार्गेट कम्यूनिटी नै नेपाली काँग्रेस मात्र हो, अमेरिकामा बस्ने नेपाली होइनन भने तपाइको झगडामा दुनियाँ किन लाग्ने?

बास्तबमै भन्ने हो भने तपाई र म जस्ता साधारण सदस्यहरुलाई त्यो दुवै कुरा आवश्यक छैन।देउबा र डा शशांक दुवै काँग्रसी नेता के फरक पर्छ हामीलाई? किन लड्ने? देउबा शक्तिमा हुँदा मेरो प्रतिघण्टा तलब बढ्दैन न डा शशांक शक्तिमा हुँदा मेरो घरमा चुलो जल्छ। अनि कसैको पछि किन लाग्ने ? एउटा मात्र कारण कसैसँग छ ? 

आजै मात्र जनसम्पर्क समिती अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीको नामबाट एउटा पत्र जारी भएको प्रति पाइयो। उहाँको पालामा अधिवेशन भएको सत्य हो। तर दुइपटक पढेपछि त्यो पत्रमा केवल तात्विक कारण बिना समानान्तर शक्ति बनाउन खोजिएको कुरा देखियो। एउटा संस्थाले बिधानत भएको कुरा साधारणसभा गर्दा किन बिरोध गर्नुपर्ने? पूर्व संयोजकको हैसियतले आफु पनि तेही सभामा गएर आफ्ना कुरा सम्पूर्ण सदस्यहरुसंग राखेर निर्णमा जान किन हिम्मत नभएको ? ढोका हुँदा हुँदै झ्यालबाट किन छिर्नु ? यो बैधानिक तरिका बाइपास गर्नु भनेको फेरि पनि बिघटन गराएर नियुक्ति खाने दाउ बाहेक अरु केही पनि होइन। 

अमेरिकामा हाल भएका जनसम्पर्क समितिका ७ देखि १० जना व्यक्तिहरु बाहेक कसैलाई पनि गुटबन्दीको चासो छैन। अर्को आरोप पदावदी लम्याउने चाल भनिएको रहेछ। तेही सभामा गएर तपाईले तेही कुरा सदस्यहरुबीच राखेर रोक्न किन सक्नुहुन्न? तपाइँ धेरै विद्धान हुनुहुन्छ होला तर दुनियाँ पनि पटमुर्ख छैनन। 

बिष्णुजीलाई संस्थाको चिन्ता होइन आफु शक्तिमा आउने लालचा हो।होइन भने गत वर्ष पार्टी अधिवेशनको प्रतिनिधि छान्नेबेला यहाँको अडान कता थियो? आफुलाई फाइदा हुँदा आनन्द बिष्ट ठीक, टेक्सासको बिधान खुंडे बनाउन यहाँ लगायत वर्तमान कार्यसमिति सबै दोषी छन्। त्यो बेला हामीले ठिक भएन भन्दा कसैले सुनेको थियो र ऐले तपाइका कुरा दुनियाँले सुनोस। 

आफ्नो फाइदा हुने अवस्थामा ठीक हुने अनि आफ्नो फाइदा नहुँदा हतारमा बखडा गर्नुपर्ने। सर्प देखे दुलो बाहिर हात अण्डा देखे दुलो भित्र हात। यो एउटा समानान्तर प्रयास मात्र हो, आफ्नै पिआर घटाउने काम हो, सँस्थालाई बलियो, राम्रो र सम्मानित बनाउनतिर लाग्नुहोस, झगडा बधाउनतिर तिर होइन।

सबैलाई शुभकामना !