-जनसम्पर्क अमेरिका:च्याप्टर अधिवेशन निर्देशिका, सदस्यता र कार्य समिति

जनसम्पर्क अमेरिका:च्याप्टर अधिवेशन निर्देशिका, सदस्यता र कार्य समिति

Hollywood Khabar February 15,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१६/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने निर्णय युद्ध गतिमा तयारी बढ्न थालेको छ। ५० राज्य भएको अमेरिकामा यो पटक ३० भन्दा धेरै च्याप्टरहरु हुने संभावना रहेको छ। आगामी मार्च २८ र २९, २०२० मध्ये कुनै एक दिनमा सम्पूर्ण राज्य च्याप्टरहरुले आफ्नो अधिव्शन सम्पन्न गरिसक्नुपर्ने छ। जनसम्पर्क समिति अमेरिकाको पधावाधि ३ बर्षको हुनेछ।

च्याप्टर अधिवेशन संबन्धि थप जानकारी:

  • सदस्यता शुल्क २१ अमेरिकी डलर तोकिएको छ।
  • तर नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यता शुल्क भने ३० अमेरिकी डलर प्रतिव्यक्ति हुनेछ। सो सदस्यता लिन नेपाली कांग्रेस पार्टीले बिधानमा तोकेको योग्यताको व्यक्तिले मात्र पाउनेछ।
  • साधारण सदस्यताको ४०% र क्रियाशील सदस्यताको सतप्रतिशत शुल्क रकम केन्द्रमा पठाउनु पर्ने छ। साधारण सदस्यताको ६०% शुल्क रकम च्याप्टर कोषमा जानेछ।
  • २५ जना साधारण सदस्य भएको राज्यमा एउटा च्याप्टर गठन गर्न सकिनेछ।तर सिटी च्याप्टर गठन गर्न अर्को च्याप्टर भन्दा २५ माइल टाढाको डायमिटरमा हुनु पर्नेछ।
  • नेपाली मुलका, नेपाली काँग्रेस पार्टीको आदर्शलाइ स्विकार्ने, उमेर र कानुनले बर्जित गरेका व्यक्ति बाहेक सबैले नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता लिन पाउने छन्।
  • २५ जना मात्र साधारण सदस्य भएको च्याप्टरमा ११ सदस्य कार्यसमिति हुनेछ।अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य ५ निर्वाचनबाट र अध्यक्षले २ जना सदस्य मनोनयन गर्न पाउने छन।
  • २६ देखि १०० जना साधारण सदस्य भएको च्याप्टरमा १३ जनाको कार्यसमिति हुनेछ। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य ७ निर्वाचनबाट र अध्यक्षले ३ जना सदस्य मनोनयन गर्न पाउने छन।
  • १०१ देखि ५०० सम्म साधारण सदस्य भएको च्याप्टरमा १७ सदस्य रहनेछ। यसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य ९ निर्वाचनबाट र अध्यक्षले ४ जना सदस्य मनोनयन गर्न पाउने छन।
  • ५०१ भन्दा माथि जति सुकै भएता पनि १९ सदस्य कार्यसमिति हुनेछ। यसमा अध्यक्ष, उपाध्यक्ष (२), सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य ९ जना सदस्य गरि १५ जना निर्वाचनबाट र अध्यक्षले ६ जना सदस्य मनोनयन गर्न पाउने छन। यो कार्यसमिति २१ जनाको हुनेछ।