-NJSS USA Official LOGO

जनसम्पर्क अमेरिकामा अधिवेशनको माहोल सुरु सभापतिमै ९ जना आकांक्षी

Hollywood Khabar September 03,2019 Comments

कृष्ण के सी/अमेरिका/९/४/१९

सेप्टेम्बर ३, २०१९ मा नेपाली काँग्रेस पार्टीले १८ वटा जनसम्पर्क समिति सहित सम्पूर्ण भात्री संगठनहरुको ६ महिना म्याद थपेर अध्यावधिक समितिबाट अधिवेशन गर्न निर्णय गरेको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टले सो निर्णयको स्वागत गर्दै आफू त्यसलाई कार्यान्वयन गर्न तत्पर रहेको बताएका छन्। बिष्टले तोकिएको म्याद भित्र अर्थात आगामी मार्च २०२० भित्रमा अधिवेशन सकेर नयाँ नेतृत्व आउने कुरा हलिउडखबरसँग बताएको समाचार यस अगाडि नै पोष्ट गरिएको छ।

सो बिषयलाइ लिएर समितिसँग संबद्ध थुप्रै व्यक्तिहरुसँग कुराकानी गरिएको थियो। सो कुराकानीका आधारमा सबैजना अधिवेशनको पक्षमा रहेको पाइयो। यसै बिषयमा गरिएको कुराकानी यहाँ पोष्ट गरिएको छ।

अमेरिकाकामा बिगत तीन बर्ष देखि सुरु गरिएको गगन थापा सपोर्टर नेटवर्कका प्रियरंजन दाहालले ढिला भएपनि पार्टीको यो निर्णय सहि आएकोले अधिवेशनमा सहभागी हुने र उम्मेद्वार समेत हुने कुरा बताए।

समितिको नर्दन क्यालिफोर्निया च्याप्टरका कार्यबाहक सभापति नारायण खनाल, न्ययोर्क राज्य च्याप्टर सभापति रोशन ढुंगाना, न्यूयोर्क स्थित लङ्ग आइल्याण्ड च्याप्टरका सभापति विश्व वास्तोला, साउदर्न क्यालिफोर्निया च्याप्टर सभापति मदन पाठक, इलेनोइ राज्य च्याप्टर सभापति भोजराज घिमिरे, मेरिल्याण्ड राज्य च्याप्टर सभापति राजेन्द्र सेन्चुरी समेतले नेपाली काँग्रेसको सो निर्णय ढिला आएता पनि स्वागतयोग्य भएकोले सफलतापूर्वक अधिवेशन सम्पन्न गर्न आतुर रहेको कुरा बताएका छन्। इलेनोइ राज्य च्याप्टर सभापति भोजराज घिमिरेले यो पटक आफू केन्द्रिय सभापतिमा उम्मेद्वार समेत हुने कुरा बताएका छन्।

कनेक्टिकट राज्य च्याप्टर सभापति यादब दुलालले पार्टीको निर्देशन हेरेपछि मात्र आफ्नो प्रतिकृया दिने कुरा बताए।

त्यसैगरी जनसम्पर्क समितिका पुर्व केन्द्रिय सदस्य हेमराज भट्टले पार्टीको सो निर्णय एकदमै न्यायिक भएको बताएका छन्। अब अधिवेशनबाट पार्टी बुझेको व्यक्ति सभापतिमा आउनुपर्छ, त्यो अर्थमा जो कसैलाई पनि सपोर्ट गर्न तयार र कोहि तयार नभए आफू पनि सभापितमा चुनाब लड्न तयार भएको कुरा बताएका छन्।

नेपाली जनसम्पर्क समितिको पुनर्स्थापन गर्ने पहिलो अभियन्ता नारायाण थापाले पार्टीको निर्णय एकदमै ठीक लागेको बताएका छन्। अब निर्वाचित टिमको नेतृत्वमा हुने अधिवेशनबाट आउने नयाँ नेतृत्वले समितिको मर्म र आवश्यकता अनुरुप जानुपर्ने विश्व्वास लिएका छन्। त्यो अर्थमा आफू त्याग गर्न, मिलेर जान साथै सहमतिमा सभापतिमा लड्न पनि तयार भएको बताएका छन्।

समितिका केन्द्रिय सदस्य तथा संगठन बिभाग प्रमुख बेद खरेलले निर्णय सहि भएको बताउँदै अब पार्टीको निर्देशन हेरेपछि त्यो अनुरुप साथीहरुसँग सल्लाह गरेर अगाडि बढ्ने बताएका छन्। खरेल पनि सभापतिका आकांक्षी हुन्।

निर्वाचित समितिले नै अधिवेशन गराउन पाउनुपर्ने आफ्नो माग पुरा भएकोमा पार्टीलाई धन्यवाद दिंदै समितिका केन्द्रीय सदस्य तथा डालस फोर्थ च्याप्टरका सभापति ज्ञानेन्द्र कार्कीले पार्टीलाई धन्यवाद समेत दिए । अब अधिवेशन गर्नतर्फ सबै लाग्नु पर्ने कुरा कार्कीले बताए। कार्कीले साथीहरुको सल्लाहले सभापतिमा उम्मेद्वार हुन आकांक्षी भएको समेत बताएका छन्।

समितिका पुर्व संयोजक तथा केन्द्रिय सदस्य बिष्णु सुवेदीले निर्णय सबैको लागि भएता पनि आफू भने नयाँ अधिवेशन तयारी समिति बनाएर जानुपर्छ भन्ने पक्षमा थिएँ भनेका छन्। तर पनि अब यो १८ वटै जनसम्पर्क समितिको लागि निर्णय भएकोले आफूसंग विकल्प छैन। अधिवेशनमा जाने र आफू सभापतिमा उम्मेदवार हुने कुरा समेत सुवेदीले राखेका छन्।

समितिका महासचिव मुनिन्द्र नेम्बाङले पार्टीको सो निर्णयले आफू एकदमै खुशी भएको बताए। अब पार्टीको निर्देशन आउने बितिक्कै समितिको बैठक बोलाएर अधिवेशन संबन्धि निर्णयहरु गरिने कुरा बताए। नेम्बाङ पनि सभापतिका आकांक्षी हुन्।

समितिका उपसभापति धर्म श्रेष्ठसंग सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेन। समितिका अर्का उपसभापति केशब बरालले यो नै सहि निर्णय हो, अब अधिवेशन यो २०१९ भित्रमै गर्न आफू तयार भएको समेत बताए। उनले पहिलो प्रयास नेपालमा को कता भन्दा यहाँ सबैको सहमतिमा सर्वसम्मत प्रयास गर्ने अन्यथा चुनाब भएमा सभापतिमा आकांक्षी रहेको बताए।

समितिका बरिष्ठ उपसभापति धनन्जय नरसिं के सीले यो माग बिगत देखि नै गर्दै आएको र ढिला नै भएपनि आफू खुशी भएको बताए। हुन त सभापति बिष्ट आमन्त्रित केन्द्रिय सदस्य भएपछि बिधान अनुसार आफू कार्यबाहक सभापति भएता पनि सो जिम्मेवारी नदिएकोमा भने दुखेसो पोखे। बरिष्ठ उपसभापति भएका कारण सभापतिमा उम्मेदवार हुनु आफ्नो स्वभाविक नै भएको कुरा बताए।