-जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने

Hollywood Khabar February 05,2020 Comments

बैठकको निर्णय

यहि FEB/5/2020 बुधबारका दिन नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति अमेरिकाको सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको समितिको कन्फरेन्स बैठकले समितिको तेस्रो केन्द्रीय महाअधिवेशनको सम्बन्धमा छलफल गरी देहाय बमोजिमको निर्णय गरेको छ ।

निर्णयहरू:-

१.समितिले आफ्नो तेस्रो केन्द्रीय महाअधिवेशन सम्पन्न गर्नका लागि यही March महिनाको 28/29 तारिख सबै च्याप्टरहरूको अधिवेशन गर्ने र April महिनाको 11/12 तारिख केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेर, महाअधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय प्रतिनिधि पठाईदिन पार्टीलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

२.यसका लागि सबै च्याप्टरहरूमा पार्टीको कृयाशील सदस्यता वितरण र नविकरणको लागि सूची संकलन र नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता वितरणको कार्य एकैसाथ March 15, 2020 सम्म गरिसक्ने निर्णय गरेको छ ।

३.नेपाली जनसम्पर्क समिति अमेरिकाको सदस्यता रसिद एक हप्ता भित्रमा सबै च्याप्टरमा उपलब्ध गराईने छ ।

४.नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका निमित्त आवश्यक निम्न:बमोजिमको उपसमिति बनाउँने निर्णय गरेको छ ।

(क)निर्वाचन समिति (ख)बिधान मस्यौदा समिति (ग)आर्थिक समिति (घ)सदस्यता वितरण तथा छानविन समिति (ङ) प्रचार प्रसार समिति (च) अनुगमन समिति

(छ) व्यवस्थापन समिति (ज) परामर्श समिति ।

(५) संस्थाको वेभसाईड जिम्मा लिएका निवर्तमान केन्द्रीय सदस्य गोकुल ढंकालको अनुसार हाल उक्त वेबसाईट समितिका केन्द्रीय सदस्य विष्णु सुवेदी र प्रमोद सिटौलासँग रहेको बुझिएकोले, सो वेबसाईट हालका संस्थाका वेभसाईट हेर्ने जिम्मेवारी पाएका सम्बन्धित व्यक्ति प्रचार प्रसार समितिका संयोजक गौतम दाहाललाई अथवा कार्यसमितिलाई तिनदिन भित्र बुझाउँन भनी निर्णय गर्दै, समितिका केन्द्रीय सदस्य द्वय विष्णु सुवेदी र प्रमोद सिटौलालाई बैठकले भनेको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि माथि गरिएको निर्णयहरूमा सहमति गर्नुहुने कन्फरेन्स बैठकमा उपस्थित पदाधिकारी र सदस्यहरू:-

उपस्थिति:

१. सभापति- आनन्द विष्ट

२. बरिष्ठ उपसभापति -धनन्जय नरसिंह केसि

३. उप-सभापति- धर्म राज श्रेष्ठ

४. उप-सभापति-भगवान मैनाली

५.उप-सभापति-चेत प्रसाद पौंडेल

६.उप-सभापति-केशब बराल

७. महासचिव- मुनिन्द्र नेम्बाङ

८.सचिव-भोजराज थोकर

९.सचिव-ईश्वर सापकोटा

१०. सदस्य- ज्ञानेन्द्र राज कार्की

११.सदस्य- सुवास लामा

१२.सदस्य- लोक लामा

१३.सदस्य-गोपाल बिश्वाकर्म

१४.सदस्य-सुन्दर गुरुङ

१५. सदस्य- गौतम दाहाल

१६. सदस्य- परमानन्द खनाल

१७. सदस्य- गोविन्द लम्साल

१८. सदस्य- पिताम्बर भुषाल

१९. सदस्य- रविन बस्नेत

२०.सदस्य- सुभेन्द्र रानाभाट

२१.सदस्य- पविता परिवार

२२.सदस्य-मान्ती शाह

२३.सदस्य-ओम भट्टराई

२४.सदस्य-किलन राई

२५.सदस्य-हरी शर्मा

माथिको निर्णयमा असहमति जनाउँनुहुने उपस्थित केन्दीय सदस्यहरू -

२६.सदस्य-विष्णु सुवेदी

२७.सदस्य-प्रमोद सिटौला

धन्यवाद , जय नेपाल

मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अधिवेशन तयारी समिति अमेरिका