-Bhakta Thapa, San Francisco

जनसम्पर्कको अधिवेशन हुनैपर्छ, जनता सखाप पारेर राजा कसको हुने ? पूर्व केन्द्रिय सदस्य थापा

Hollywood Khabar February 08,2020 Comments

कृष्ण के सी/अमेरिका/२/९/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आगामी अप्रिल २०२० मा हुने भनेर समितिले आधिकारिक सूचना जारि गरेको छ। समिति तयारीमा पनि जुटेको छ, विभिन्न व्यक्तिहरु पनि यसका लागि तयार भएर आएका छन्। समितिका दुइजना केन्द्रिय सदस्यहरु भने असहमत रहेका छन्, बाँकी सबै तयार छन्।

यसैबीच विभिन्न व्यक्तिहरुले आ-आफ्नो धारणा राख्न थालेका छन्। सोहि क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका पुर्व केन्द्रिय सदस्य भक्त थापा (सान फ्रान्सिस्को) ले पनि आफ्नो अभिव्यक्ति दिएका छन्।

थापाले हलिउडखबरसँग कुरा गर्दै भने, सिम्पल कुरा जनता सखाप पारेर राजा भएर को माथि राज्य गर्ने? अब आस्थावान र लामो समय देखिका नेपाली काँग्रेसप्रति आस्थावान सबैलाई बाइपास गरेर कसै संस्था बन्छ र ? केहि व्यक्तिलाई क्रियाशील सदस्यता दिएर ७ जना महाधिवेशन प्रतिनिधिको लागि मात्र यो समिति होइन। यो एउटा आस्था र भरोसा अनि विदेशमा नेपाली काँग्रेसलाइ प्रतिनिधित्व गर्ने काँग्रेसीहरुको संस्था हो। ती सबैलाई सखाप पारेर, समितिको सदस्यता नदिएर, क्रियाशील सदस्यताको नाममा ठिमुरा लगाएर सबै जनता मारेर राजा बनेर को माथि शासन गर्ने ?

अब सोझो कुरा, पार्टीको क्रियाशील सदस्यता नेपालको कानुन अनुसार दर्ता भएको नेपाली काँग्रेस पार्टीको बिधान र नियमावली अनुसार हुन्छ, यसमा दुइमत छैन। तर जनसम्पर्क समिति अमेरिकाको सदस्यता भनेको नेपाली कांग्रेसप्रति आस्थावान, नेपाली मुलका, उमेर र अपराधी गतिविधिले बर्जित गरेका व्यक्ति बाहेक सबैले सदस्यता लिन पाउनुपर्छ, थापाले भने।

अर्को कुरा समितिको सभापति भने स्वतह महासमितिको सदस्य हुने कारणले गर्दा सभापतिले पार्टीको विधान अनुसार क्रियाशील सदस्यताको मापदण्ड पुरा गरेको हुनुपर्छ। त्यसैगरी महासमिति र महाधिवेशन प्रतिनिधिहुनेहरुले पनि सोहि अनुरुप हुनुपर्छ। बाँकी कुरा विवादको होइन। यदि यसो गरिएन भने कानुनी हैसियत नभएका, भर्खर भिजिट भिसामा आएका या अन्य खाले खोजेर बनाएका सदस्य र नेतृत्वले जनसम्पर्क समिति चल्दैन। त्यो स्थितिमा नेपाली काँग्रेसको प्रतिनिधित्व अमेरिकामा हुन सक्दैन, थापाको जिकिर थियो।