-जनसम्पर्क अमेरिका:नेपाल र अमेरिका दुवै देशको कानुनको सम्मान गर्दै अधिवेशन गरौँ:बराल

जनसम्पर्क अमेरिका:नेपाल र अमेरिका दुवै देशको कानुनको सम्मान गर्दै अधिवेशन गरौँ:बराल

Hollywood Khabar February 11,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१२/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने भएको छ। अध्यक्ष सहित २७:२ मतका आधारमा निर्यण भएको अधिवेशनको पक्षमा सबै कांग्रेसीहरु सहमत देखिएका छन्।

हलिउडखबरले नै समितिका केन्द्रिय स्तरका थुप्रै नेताहरुको राय पोष्ट गरिसकेको छ। यसै क्रममा वर्तमान कार्य समितिका उपाध्यक्ष केशब बरालले पनि आफ्नो अभिव्यक्ति हलिउडखबरलाई दिएका छन्।

बरालले भने, सर्वप्रथम त, अमेरिकामा रहेका सम्पूर्ण प्रजातान्त्रिका प्रेमी नेपाली काँग्रेसलाइ आदर्श मान्ने कार्यकर्ता, शुभचिन्तक, समर्थक सबैलाई यो अधिवेशन सम्पन्न गर्न सहयोग र साथ् दिन अनुरोध गर्दछु। नेपालको संघिय संरचना अनुरुप नेपाली काँग्रेसले पछिल्लो समय पारित गरेको बिधान र निर्देशिका अनुरुप जानको लागि पार्टीको निर्देशन भएकै कारणले हाम्रो अधिवेशन समयमा गर्न नसकेका हौँ। यस ढिलाइप्रति म आफू पनि जनसम्पर्क समिति अमेरिकाको एक जिम्मेवार पदिय व्यक्ति भएकोले क्षमा प्रार्थी छु।

हामी सामु, हामीले नेपाली कांग्रेसको आदर्शमा हिड्नुपर्ने गौरवशाली कुरा छ। अर्को तिर हाम्रो कर्मभूमीको कानुनी कुरा पालना गर्नुपर्न कुरा छ। यी दुवै कुरालाई मिलाएर आगामी अधिवेशन गर्ने कुरा हाम्रो जिम्मेवारी हो। यसका लागि हामी नेपाल र अमेरिका दुवै देशको कानुनलाइ सम्मान गर्दै जानुपर्छ। यसैका लागि सबै सहभागी हुनु जरुरि छ।

त्यसैले, यो अधिवेशन समयमा नै गरौँ, हाम्रा नमिलेका र बिलाउनु पर्ने सबै नीति, बिधि र बिधानका कुरा अधिवेशनबाट नै समाधान गरौँ। ३ बर्ष ढीला भएको नयाँ नेतृत्व चयन पनि यसै अधिवेशनबाट नै निर्वाचित गरौँ। सबै सहभागी बनौ र अधिवेशन सम्पन्न गरौँ, बाराले भने।