-जनसम्पर्क अमेरिका:नर्दन क्यालिफोर्निया च्याप्टर अधिवेशन मार्च २८ मा

जनसम्पर्क अमेरिका:नर्दन क्यालिफोर्निया च्याप्टरको अधिवेशन मार्च २८ मा हुने

Hollywood Khabar February 16,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१७/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने निर्णय भएको छ। त्यसपछि हरेक च्याप्टरहरुमा अधिवेशन संबन्धि छलफल र तयारी हुँदै गरेका खबर प्राप्त भएका छन्।

यसै क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको नर्दन क्यालिफोर्निया च्याप्टरको बैठकले च्याप्टर अधिवेशन आगामी मार्च २८, २०२० शनिबार गर्ने निर्णय गरेको छ। सोहि दिन च्याप्टरको आगामी तीन बर्षका लागि नयाँ नेतृत्वको लागि निर्वाचन समेत हुनेछ।

बैठक पछि च्याप्टरका कार्यबहाक सभापति नारायण खनालले हलिउडखबरसंग कुरा गर्दै भने, अब अधिवेशनको मिति तय गरियो। निर्वाचन कमिटि, अधिवेशन तयारि समिति, सदस्यता वितरण र प्रमाणीकरण लगायतका थुप्रै समितिहरु बन्नेछन। आगामी सात बस्ने बैठकले थप निर्णयहरु गर्नेछ।

यसका साथै यस क्षेत्रमा बस्नुहुने केन्द्रिय पदाधिकारी, सदस्य, सल्लाहकार देखि नयाँ पुराना सबैको एउटा बृहत भेला बोलाउने र सबैलाई कामको जिम्मेवारीको लागि अनुरोध गर्ने समेत कुरा गरेका छन। च्याप्टरको सूचनामा बताइए अनुसार चुनाबको बारेमा बिस्तृत जानकारी र कार्यक्रम छिट्टै प्रकाशन गरिने बताइएको छ।