-जनसम्पर्क अमेरिकामा “तँ” को लडाइं, कुशको लाशको नेतृत्व र संभावना

जनसम्पर्क अमेरिकामा “तँ” को लडाइं, कुशको लाशको नेतृत्व र संभावना

Hollywood Khabar July 07,2020 Comments

कृष्ण के सी/अमेरिका/७/८//२०

नेपाली जनसम्पर्क समिति अमेरिकामा “तँ” को लडाइंले गर्दा सुरु भएको ध्रुवीकरण आपसी कारबाही गर्दै चरम सिमामा पुगेको छ।

नेपाली काँग्रेसको आसन्न महाधिवेशनलाइ लक्षित गरेर विश्वभरिबाट आउने महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको जम्मा जम्मी गरेर हुन आउने २१० या त्यो भन्दा धेरै भोट कसका पोल्टामा पार्ने भन्ने लडाइंले पार्टी भित्र ठूलो स्थान पाएको छ।

यसको पहिलो आक्रमण पार्टी सभापति शेर बहादुर देउबापक्षले जनसम्पर्क समिति बेल्जियममा गरेको थियो। हाल आएर अर्को गुटको घर सरेर बनेका जनसम्पर्क बिभागका प्रमुख गोविन्द भट्टराईले त्यसको चाँजो पाँजो मिलाउन सुरु गरेका छन्। उसो त उनको नियुक्ति नै यसैको लागि भएको हो।

भलै नेपाली काँगेसले बिधानमा जनसम्पर्क समितिहरुलाई पार्टीको अङ्ग मानेता पनि धेरै देशका जनसम्पर्क समितिहरुको म्याद गुज्रिएर मरिसकेका छन्। नेपाली जनसम्पर्क समिति अमेरिका २०१४ मा भएको अधिवेशन पछि २०१७ मा म्याद सकिएर थन्किएको थियो। मरेको मुर्दालाइ भेन्टिलेटरबाट उठाएर नेपाली कांग्रेस पार्टीले फेरि पनि ६ महिनाको लागि अधिवेशन गर्ने बैधानिक स्वाश भरिदिएको थियो। त्यो समय पनि गत फेब्रवरीमा सकिएको ४ महिना भयो। तर पनि यो लेख्दाको समय सम्म नेपाली काँगेस पार्टीले यसबिषयमा कुनै पनि निर्देशन जारि गरेको छैन।

नेपाली काँग्रेस पार्टीको बिधान र जनसम्पर्क समिति अमेरिकाको बिधान दुवैमा भएका ब्यबस्था अनुसार नेपाली जनसम्पर्क समिति अमेरिका मरिसकेको छ। मरेको मात्र होइन यसको लास नै बिधानत गायव छ। अर्थात बिधानको अर्थमा यो समिति जिवित छैन। समितिको लाश पनि कुहिएर टुक्रा-टुरका भएर गैसक्यो तर पनि यसलाई सतिदेवीको लाश जस्तै बोकेर आफूलाई गौरवशाली नेता भन्नेहरु अझै हाम्रा अगाडि आशन ग्रहण गर्दैछन्। तर यसको अस्थित्व छैन, यो अर्थमा समिति एउटा कुशबाट बनाइएको मानार्थ लाश हो।

अझै पनि नेपाली काँग्रेसको बोलीको चलन चाहिँ अर्को ब्यबस्था नभएसम्म जनसम्पर्क समिति अमेरिकालाई कुशको लाश बनाएर नै राख्नु सदगति पछि गरौंला भन्ने रहेछ। यो अर्थमा अहिलेको नेपाली जसंपर्क समिति अमेरिकाको नेतृत्व एउटा जिउँदो लाश होइन, भेन्टिलेटरको क्लिनिकल्ली डेथ लाश पनि होइन यो कुशबाट बनाइएको मानार्थ लाशको प्रतिनिधिपात्र मात्र हो।

गत केहि दिन अगाडी नेपाली जनसम्पर्क समिति अमेरिकाको कानुनी हैसियतलाइ लिएर एउटा अनौपचारिक छलफल भएको थियो। सो छलफलमा जनसम्पर्क बिभागका प्रमुख गोविन्द भट्टराई पनि उपस्थित थिए। त्यहाँ भनिएका वर्तमान नेतृत्वका केन्द्रिय सदस्य गौतम दाहालले नउठेको बिषय जनसम्पर्क समिति विश्व संजाल, तरुण दल र नेविसंघ अमेरिका जस्ता कुरा उठाएर पूर्व संयोजक बिष्णु सुवेदीलाइ तारो हानेका थिए। त्यहि कुरालाई जवाफ दिने क्रममा विवाद सुरु भएको थियो। अनि विवाद तँ-तँ र म-म हुँदै चर्का-चर्कीमा पुगेको थियो। बिष्णु सुवेदीले भनेको तँ गौतामे र सभापति आनद बिष्टले बिष्णु सुवेदीलाइ भनेको तँ मुला टाइपिष्ट भन्ने शब्दले सबैलाई अचम्मित बनाएको थियो। त्यसपछि विवादले नयाँ रुप लियो, चर्किएर गयो।

त्यसको केहि दिनपछि भनिएको समितिको बैठकको हवाला दिंदै सभापति आनन्द बिष्टले बिरोधको बाबजुद पनि जुलाई ७, २०२० मा बिष्णु सुवेदीलाई केन्द्रिय सदस्यबाट निलम्बन गरेको विज्ञप्ति सार्वजनिक गरेका छन।

उता बरिष्ठ उपसभापति धनन्जय नरसिंह के सी र पूर्व संयोजक बिष्णु सुवेदी पक्षले थुप्रै बैठक आयोजना गरेर देउबा इतर पक्षलाइ एककृत गर्दै गरेको दावी गरेको छ। उनीहरुले छिट्टै एउटा झक्कास सर्प्राइज दिने कुरा बताएका छन्। तर त्यो सर्प्राइज के हो अहिले सम्म बाहिर आएको छैन।

हुन त नेपाली काँगेस पार्टीका सभापति शेर बहादुर देउबापक्ष र उनका इतरका नेताहरु पनि यस्तै झगडा चाहन्थे। यो तँ को लडाई त केवल एउटा निहुँ मात्र हो, खोजिएको कुरा चाहिँ ध्रुवीकरण र गुटवन्दि नै हो। अन्यथा हतारमा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर आनन्द बिष्टले क्रियाशील सदस्यलाइ कारबाहीको प्रकृया गर्दैनथिए होलान। पार्टीको बिधान अनुसार यस्तो खालको कारबाही प्रक्रिया त सिफारिस गरेर पठाउने हो। यसको निकाए केन्द्रिय अनुशाशन बिभाग हो।

अझै रमाइलो कुरा त के हुँदैछ भने, हिजो जनसम्पर्क समिति सकियो भनेर गैरआवासीय नेपाली संघमा निर्वाचनमा होमिएर गएका व्यक्ति समेत फर्केर जनसंपर्क समितिमा आउने अवस्था देखिएको छ।

अब के हुन्छ त ?

कुनै पनि कुरा ठ्याक्कै यसै हुन्छ त भन्न सकिन्न। तर पनि बिषयको टेण्डिन्सि, आवश्यकता, नेताहरुको आशय, सूचना र संभावनाहरुको अध्ययन गर्दा भने निम्न गतिबिधिहरु हुने अवस्था देखिन्छ। नेपाली काँग्रेस पार्टीले:

१. तत्काल केहि पनि गर्दैन करिव अगष्ट तिर पुगेर मात्र पार्टीका अन्य निकाय र अरु जनसम्पर्क समिति सहित नेपाली जनसम्पर्क समिति अमेरिकालाइ पनि लिएर एउटा निर्णय गर्छ।

२. २०१४ मा निर्वाचित नेपाली जनसम्पर्क समिति अमेरकाका सभापति आनन्द विष्ट पार्टीको आमन्त्रित केन्द्रिय सदस्य भएको अवस्था छ। सो स्थितिमा पार्टीको विधानको ब्यबस्था अनुसार सभापति पद स्वत बरिष्ठ उपसभापति धनन्जय नरसिंह के सीलाइ कार्यबाहक भएको अवस्था हो, तर त्यो भएको छैन। त्यो अवस्थामा के सीलाइ काबा सभापति बनाएर सोहि टिममा रहेका बाँकीलाई मानेर निर्वाचन गराउन निर्देशन जारि गर्छ।

३. २०१४ को निर्वाचित सोहि टिमलाई नै केहि पनि नगरी आनन्द बिष्टलाइ अधिवेशन संयोजक मानेर बाँकी सबैलाई सदस्य बनाएर अधिवेशन गर्ने निर्देशन दिन्छ। त्यो स्थितिमा त्यसको सदस्य सचिव हालका महासचिव मुनिन्द्र नेम्बाङ्ग होइनन गौतम दाहाल हुनेछन।

४. नयाँ अधिवेशन समितिको चारै पक्ष देउबापक्ष ४०%, शशांकपक्ष २०%, प्रकाशमान सिंहपक्ष २०% र २०% सिटौला-गगन पक्ष मिलाएर कुनै एकजनालाई संयोजक बनाएर अधिवेशन गर्न निर्देशन गर्नेछन। त्यो स्थितिका संयोजकका लागि सबै भन्दा नजिक देखिएका व्यक्ति भने केशब बराल हुन्।

५. जनसम्पर्क समितिलाइ निर्वाचन समितिमा कन्भर्ट गरेर अधिवेशन गर्न दिंदैनन र मनोनित प्रतिनिधि लिएर अधिवेशनमा जान्छन। यो चाहिँ धेरै संभावना देखिएको छ।