म नेपाली आफन्तहरु र मित्रहरुको माया पाएर हुर्किएको हुँ। यहि नेपालको माटोले मलाई अरुको भलाईको निम्ति केही गर्नुपर्छ भनेर सिकाएको हो। केही बनौँ भन्ने होइन, केही गरौँ भनेर म रेडक्रसमा संलग्न भएको हुँ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्टिय महासंघ International Federation of Red Cross and Red Crescent Societies (IFRC) को नवनियुक्त महासचिव जगन चापागाईले आज शुक्रबार नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै बताउनुभएको हो। उहाँले भन्नुभयो, हरेक देशका रेडक्रस वा रेडक्रिसेन्ट सोसाइटीलाई सबल बनाउने मेरो अभियान हो र म त्यो पूरा गरेरै छाड्छु । चापागाई आफ्नो नीजि भ्रमणको सिलसिलामा यसै साता नेपालमा आउनु भएको हो।
नवनियुक्त महासचिव जगन चापागाईँलाई नेपाल रेडक्रस सोसाइटीको परिसरमा सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, महामन्त्री देवरत्न धाख्वा लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुले स्वागत् गर्नुभएको थियो।
अध्यक्ष थापाले चापागाईलाई बधाई ज्ञापन गर्दै थापाले भन्नुभयो। कानुनी आधार सुदृढीकरण, स्रोत परिचालन र नेरेसोलाई अझ गतिशिल बनाउने क्षेत्रमा अन्तर्राष्टिय महासंघको सहयोग अपेक्षित छ ।
कार्यक्रममा नेपाल रेडक्रसको प्रदेश समितिका अध्यक्षहरुका साथै जापान, बेलायत लगायतका राष्टिय सोसाइटीका प्रतिनिधिहरु र अन्तर्राष्टिय महासंघको नेपाल स्थित कार्यालय प्रमुख र डेलिगेटहरुको उपस्थिति रहेको थियो ।
अवको प्राथमिकता प्रकोप न्यूनीकरण र उत्थानशीलता
अबको प्राथमिकता बारे नेपाल रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलसँग रेडियो अन्तरर्वार्ताको क्रममा जगन चापागाईले भन्नुभयो। पहिलो प्राथमिकता जलबायु परिवर्तन सम्बन्धी प्रकोपबाट मानिसहरुलाई बचाऊने र स्वास्थ्य पाण्डामिक समस्याहरुबाट छुटकारा दिलाउने नै हो। त्यसको लागि विभिन्न संस्थाहरुसँग मिलेर न्यूनीकरण गतिविधि र उत्थानशीलतामा जोड दिनुपर्ने छ। अर्को समस्या विश्वव्यापी स्थानान्तरण हो, शरणार्थीको मर्यादा जोगाऊने। उहाँले थप्नुभयो, आर्थिक, शिक्षा, स्वास्थ्य, प्रविधिको क्षेत्रमा संसारमा उच्च प्रगति भएपनि केही मानिसहरु अझै बञ्चित भैआएका छन्, त्यसैले, खास जनसंख्या अझै पनि विकासको घेरामा पर्न नसकेकोले समावेशी कार्यक्रमको ठूलो महत्व छ।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु