-तस्बिर साभार वेब

नेपाल र भारतबीचको सीमा सुरक्षा बैठक बस्दै 

Hollywood Khabar November 13,2019 Comments

२९ कात्तिक,काठमाडौं ।नेपाल र भारतबीचको सीमा सुरक्षा बैठक पोखरामा बस्ने भएको छ। सीमा विवाद चर्किएको बेला दुवै देशका सुरक्षा अधिकारी सम्मिलित बैठक मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने भएको हो।बैठकमा सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल भएपनि सीमा विवादको विषयलाइ  छलफलको एजेण्डामा नराखिएको  गृहमन्त्रालय स्रोतले बताएको छ।नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि भारतविरुद्ध नेपाली आक्रोशित बन्दै बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन्  ।